१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

गुट भेला गर्ने र सहभागी हुनेलाई कारवाही गर्ने एमाले संसदीय दलको निर्णय



काठमाडौं । नेकपा एमालेको संसदीय दलले गुटगत भेला गर्ने र सहभागी हुनेहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्ने र सहभागी हुनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकले
गुट भेला गर्नेहरुलाई स्पष्टीकरण सोध्ने र कारवाही प्रक्रिया अघि बढाउने भएको छ ।

दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले यसअघि गरेको गल्तीप्रति आत्मालोचना गर्दै संसदीय दल र पार्टीको कार्यक्रममा सहभागी हुन सांसदहरूलाई आह्वान गरेको हो । निर्देशन अवज्ञा गर्नेहरुलाई विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत समेत दिइएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले पार्टीभित्र अराजकता बढेको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताएका थिए । गुटका आधारमा वर्षौदेखि गुटबन्दी गर्ने र पार्टी पद्दती नमान्ने भैरहेको भन्दै ओलीले अब त्यस्तो अराजकता रोकिने स्पष्ट पारेका थिए ।

एमाले संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय दलको बोर्ड गठन गरेको छ । सो बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ ।

बोर्डको संयोजकमा ओली छन् । सदस्यहरूमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, बिमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा शेरबहादुर तामाङ, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ, नारदमणि राना, मोहन बाँनिया, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बिक छन ।

यस्तै, विधान संशोधन कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौडेल रहेका छन ।

संसदीय दलको बैठकमा माधव झलनाथ पक्षका सांसदहरु भने उपस्थित भएनन् ।

 

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ३ : २४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम