४ पुस २०८२, शुक्रबार | December 20, 2025

एक सातामा दुईवटा नरभक्षी बाघ निकुन्जको नियन्त्रणमा



बर्दिया । बर्दियामा एकसातामा दुईवटा नरभक्षी बाघलाई नियन्त्रणमा लिईएको छ । गत बुधबार एउटा जवान पाटे बाघ नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुन्जको प्राविधिक टोलीले बिहिबार पुनः अर्को बयस्क नरभक्षी बाघ नियन्त्रणमा लिएको हो ।

मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटे बाघलाई नियन्त्रणमा लिइएको निकुन्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहिबार दिउँसो करिब १४ वर्ष उमेरको बयस्क भाले पाटे बाघलाई नियन्त्रणमा लिएको हो।

मधुवन नगरपालिका-३ स्थित खाता जैविक मार्गको गौरी सामूदायिक वनमा डार्ट (बेहोस बनाउने सुई प्रहार) गरेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकत असिम थापाले जानकारी दिएका छन् ।

गत बुधबार पनि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका-४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट एउटा नरभक्षी बाघ नियन्त्रणमा लिइएको थियो।

एक साताअघि मधुवन नगरपालिका-३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले मारेपछि निकुञ्जले त्यस क्षेत्रमा आठवटा क्यामेरा जडान गरेको थियो। ब्यामेराको कैदमा पटक पटक बाघ देखिएपछि प्राबिधिक टोलीले डार्क गरेर बाघ नियन्त्रणमा लिएको थियो ।

निकुञ्ज प्रशासनले समातिएका दुबै बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राख्ने तयारी गरेको छ।

 

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ७ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको