२९ भदौ २०८३, सोमबार | September 15, 2026

नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, १० प्रतिशत लाभांस पारित गर्ने



काठमाडौ । नेपाल इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ ।

कम्पनीले चैत २७ गते, एयरपोर्ट होटल, सिनामङ्गल, काठमाडौँमा साधारणसभा बोलाएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित चुक्ता पूँजीको २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित जनाएको छ ।

यस्तै कम्पनीमा संस्थापक शेयरधनीहरुको तर्फबाट रिक्त पदमा संस्थापक शेयरधनी विशाल मिनरल्स एण्ड माइन्स प्रालिका प्रतिनिधि बिष्णु खेतान अग्रवाललाई नियुक्ती गर्ने जनाएको छ ।

कम्पनीले चैत १७ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ।जस अनुसार चैत १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १२ : ११ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ