८ बैशाख २०८१, शनिबार | April 20, 2024

संसदमा परराष्ट्रमन्त्री ज्ञवालीको प्रश्न : पद पाए अग्रगमन, नपाए प्रतिगमन ?



काठमाडौं । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली सर्वोच्च अदालतको फैसलापछि दलहरुबीचमा नयाँ ढंगको समझदारी विकास गरेर लैजानु पर्ने आवश्यकता रहेकाले त्यसमा सरकारले सकारात्मक भूमिका खेल्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले दलहरूको बीचमा नयाँ ढंगको समझदारी विकासका लागि सरकार र एमाले पूर्ण रुपले सहयोगी रहने र रचनात्मक भूमिका खेल्ने बताएका हुन् ।

‘सम्मानित सर्वोच्च अदालतले हामीलाई पाँच वर्षको कार्यकाल सामान्यत खण्डित हुँदैन । तिमीले राजनीतिक स्थिरता त्यहीँ भित्रबाट खोज भनेर आदेश दिएको सन्दर्भमा दलहरुको बीचमा नयाँ ढंगको समझदारी विकास गरेर लैजानु पर्ने जरुरी देखिएको छ,’ उनले भने, ‘त्यो समझदारी विकासका लागि सरकार र एमाले पूर्ण रुपले सहयोगी रहन्छ ।

संसद विघटन र नेकपाको एकीकरण बदर गर्ने सर्वोच्च अदालतको दुवै फैसलालाई स्वीकार गर्दै सरकार कार्यान्वयनमा जाने उनले बताए । दुवै मुद्दामा सरकारले हारे पनि त्यसलाई स्वीकार गर्ने मन्त्री ज्ञवालीको भनाइ थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले निश्चित व्यक्ति पदमा पुग्न नपाउँदा प्रतिगमन हुने र पदमा पुग्न पुग्दा अग्रगमन हुने भन्दै असन्तुष्ट पक्षप्रति आक्रोश पनि पोखे । उनले भने, ‘तर हाम्रा निम्ति काठमाडौँका काकुल जस्तो परेका जनताले पानी खान पाउनु भन्दा ठूलो अग्रगमन अरु केही पनि हुन सक्दैन । तराईका बञ्जर जमिनमा सिँचाई दिनु भन्दा ठूलो अग्रगमन अरु केही पनि हुन सक्दैन । कोभिड १९ विरुद्ध संसारका अग्रपंतिमा रहेर हामीले खोप उपलब्ध गराउन सक्यौँ । र एक जना पनि नागरिकको ज्यान जान नदिई जीवन बचाउन सक्यौँ भने त्यो भन्दा अग्रगमन अरु केही पनि हुन सक्दैन ।’

उनले नेपाल-भारत संयुक्त छैटौँ बैठकमा लिपुलेक, लिम्पियाधुराको एजेन्डा औपचारिक रुपमा भारत सामू राखेको सदनलाई जानकारी दिए । गत माघमा सम्पन्न बैठकमा उक्त एजेन्डा उठाएको उनले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले यही चैत ९ र १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशको राजकीय भ्रमण गर्ने पनि सदनलाई जानकारी गराए । उक्त भ्रमणमा दुई पक्षीय भेटवार्ताका साथै केही महत्वपूर्ण विषयमा सहमति हुने भन्दै मन्त्री ज्ञवालीले बंगलादेशले नयाँ ट्रन्जिट रुट दिने सम्भावना रहेको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  २ : १८ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस