२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

प्रतिनिधिसभामा सांसदहरुको प्रश्न – पैसा नहुने आमाले सडकमै वच्चा जन्माउनुपर्ने हो ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्रै नभई, सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकारसमक्ष माग राखेकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मीक समयमा बोल्दै सांसद कार्कीले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आउनुभएकी गर्भवती बबिताकुमारी पासवानलाई अस्पतालले बेवास्ता गरेपछि सडकमै बच्चा जन्माउनुपरेको घटनाबारे सरकारसमक्ष ध्यानर्कषण गराएकी हुने । उनले अस्पतालमा आएकी प्रसव पीडामा छट्पटाइरहेकी महिलालाई अस्पतालले तुरुन्तै भर्ना गर्नुपर्नेमा त्यस्तो नगरेको आरोप लगाइन । यस्तो घटना अब दोहोरिन नदिन र अस्पतालले बबितामाथि गरेको अमानवीय व्यवहारप्रति छानबिन गरी कारबाही गर्नुपर्ने माग गरिन् ।

सांसद कार्कीले अस्पतालहरुमा ‘नो डिनायल इन लेवर’ नीति तुरुन्तै लागू गराउनुपर्ने समेत बताइन । उनले आमा सुरक्षा कार्यक्रममा ‘फ्रि डेलिभरी’ कार्यक्रम खाली बच्चा जन्माउने काममा मात्रै नभई गर्भवती भएपछि बच्चा जन्माउनेसम्मको समग्र प्रक्रियामा आमा सुरक्षा कार्यक्रम निःशुल्क व्यवस्था राज्यले गर्नुपर्ने माग गरिन् ।

आमा सुरक्षा कार्यक्रम निःशुल्क सेवा प्रदान कार्यक्रमलाई राज्यले विशेष दायित्वका साथ कार्यान्वयन गर्नुपर्ने सांसदहरुले बताइन । । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद भूमिका लिम्बू सुब्बा र नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताए । उनीहरुले पैसा नभएका आमाले अब के सडकमै वच्चा जन्माउन बाध्य हुनुपर्ने हो भन्दै प्रश्न गरे ।

यसैगरी, आकस्मीक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रेनुका काउचा र जयपति रोकायाले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत, पुनःस्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

रास्वपाका सांसद राजन गौतमले विपद् जोखिम कम गर्नका लागि सरकारको ध्यानाकर्षण गराए । उनले नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादी फलाम खानी क्षेत्रमा धुवाँ निस्किरहेको भन्दै सम्भावित जोखिमप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  २ : ०० बजे

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

प्रतिनिधिसभामा सांसदहरुको प्रश्न – पैसा नहुने आमाले सडकमै वच्चा जन्माउनुपर्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा