काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।
खरेलले शुक्रबार पत्रकार सम्मेलन गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।
विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु । अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु ।’ खरेलले भने ।
खरेललाई राष्ट्रपति भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन् । खरेल प्रधानमन्त्री केपी ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री रहेका थिए ।
प्रतिक्रिया