१२ बैशाख २०८१, बुधबार | April 24, 2024

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए । खरेल एमाले निकट ट्रेड युनियन जिफन्टका उपाध्यक्ष हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम काठमाडौं महानगरपालिका वडा नं. ७, चाबहिल निवासी अधिवक्ता श्री रमेश बडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।’

यसअघि महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै दिउँसो राजीनामा दिएका थिए । खरेलले पुनः पार्टी राजनीतिमा सक्रिय हुने उद्देश्यले राजीनामा दिएको बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : ०६ बजे

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने