३० भदौ २०८३, मंगलबार | September 15, 2026

कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : नेता महत



राजविराज । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली जनताको हकहित र देश विकास तथा राम्रो काम गर्नको लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा आज नेपाल शिक्षक सङ्घद्वारा आयोजित कार्यक्रममा उनले कुनै सम्झौता गरेर पार्टी सरकारमा नजाने बताउँदै वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए । “ कांग्रेस एक्लैले केही गर्न नसक्ने अवस्था छ, यसमा मधेशवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ”, उनले भने, “तर हरेक सम्झौता कांग्रेसले नै गर्नुपर्छ भने कांग्रेस सरकारमा जाँदैन ।” आफ्नो हात खुट्टा बाँधेर, चल्नै नसक्ने बनेर सरकारको नेतृत्व लिन नसकिने बताउँदै यस्तो सरकार अप्ठ्यारोमा पर्न सक्ने सहमहामन्त्री महतको भनाइ थियो ।

सहज रुपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नु आवश्यक रहेको भन्दै वैकल्पिक सरकार निर्माण गरौँ भनेर माओवादी र मधेश केन्द्रित दल आउँछन् भने नेतृत्व लिन कांग्रेस तयार रहेको उनले उल्लेख गरे ।

उनले सम्मानजनक अवस्थामा कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको बेला माओवादी र जसपाले पनि उचित वातावरण बनाउन उत्तिकै जरुरी रहेको जिकिर गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ९ : १७ बजे

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक

प्रतिनिधिसभाको बैठक आज बस्दै, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

मुस्ताङ । मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ