१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : नेता महत



राजविराज । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली जनताको हकहित र देश विकास तथा राम्रो काम गर्नको लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा आज नेपाल शिक्षक सङ्घद्वारा आयोजित कार्यक्रममा उनले कुनै सम्झौता गरेर पार्टी सरकारमा नजाने बताउँदै वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए । “ कांग्रेस एक्लैले केही गर्न नसक्ने अवस्था छ, यसमा मधेशवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ”, उनले भने, “तर हरेक सम्झौता कांग्रेसले नै गर्नुपर्छ भने कांग्रेस सरकारमा जाँदैन ।” आफ्नो हात खुट्टा बाँधेर, चल्नै नसक्ने बनेर सरकारको नेतृत्व लिन नसकिने बताउँदै यस्तो सरकार अप्ठ्यारोमा पर्न सक्ने सहमहामन्त्री महतको भनाइ थियो ।

सहज रुपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नु आवश्यक रहेको भन्दै वैकल्पिक सरकार निर्माण गरौँ भनेर माओवादी र मधेश केन्द्रित दल आउँछन् भने नेतृत्व लिन कांग्रेस तयार रहेको उनले उल्लेख गरे ।

उनले सम्मानजनक अवस्थामा कांग्रेस सरकारको नेतृत्व लिन तयार रहेको बेला माओवादी र जसपाले पनि उचित वातावरण बनाउन उत्तिकै जरुरी रहेको जिकिर गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ९ : १७ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह