५ पुस २०८२, शनिबार | December 20, 2025

जसपामा दुई समूह छुट्टाछुट्टै भेला



काठमाडौं । नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन ।

पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक गरेका छन । पूर्व राष्ट्रिय जनता पार्टी नेपालका नेताले भने बिहीबार नै छुट्टै बैठक गरेका थिए । तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण हुनुअघि समाजवादी पार्टीको कार्यालय बालकुमारीमा थियो ।

एकीकरणपछि पनि जसपाको कार्यालय बालकुमारीमै राखिएको छ । बालकुमारीमा आयोजित भेलामा पूर्व समाजवादीका नेताहरूलाई मात्र बोलाइएको पूर्व समाजवादीका सचिव इस्तियाक राईले बताए । ‘हिजो (बिहीबार) पूर्व राजपाले भेला बोलायो भन्ने सुन्यौं । आज हामीले बैठक बोलायौं’, राईले भने, ‘हामीले बोलाएको बैठक समायोजनको विषयमा केन्द्रित थियो ।’ सो बैठकमा पूर्व समाजवादीका सबै शीर्ष नेताको उपस्थिति थियो ।

पूर्व राजपाले बिहीबार साँझ इन्द्रेणी फुडल्यान्डमा भेला बोलाएको थियो । भेलामा तत्कालीन जसपा अध्यक्ष मण्डलका ६ सदस्यमध्ये ५ जना उपस्थित थिए । एकजना सदस्य महेन्द्र यादव भने बैठकमा उपस्थित भएनन । पछिल्लो समयमा उनले उपेन्द्र यादवलाई साथ दिँदै आएका छन । इन्द्रेणी फुडल्यान्डमा पूर्व राजपा नेताहरूको भेला बोलाइएको पूर्व राजपाका महासचिव राजीव झाले स्वीकार गरे । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : ४१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता