११ चैत्र २०८२, बुधबार | March 25, 2026

एमाले केन्द्रीय समिति महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण, झाँक्रीको कारवाही ओलीले रोके



काठमाडौं । माधव नेपाल पक्षको असहमतीकाबीच आज बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले मौजुदा केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले हाल कायम रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको हो । केन्द्रीय समितिले हाल एमालेको केन्द्रीय समितिमा रहेका २६४ जना सदस्य रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको एमाले प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार महाधिवेशन आयोजक कमिटीमा केपी ओलीकै अध्यक्षता रहने छ भने महासचिव पनि इश्वर पोखरेललाई नै तोकिएको छ । अन्य पदाधिकारी आवश्यकता अनुसार अर्को बैठकले चयन गर्ने बताईएको छ ।

यस्तै आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको एक समिति बनाइएको छ । समितिको प्रतिबेदनका आधारमा महाधिवेशनको तयारीको जिम्मेवारी तोकिने छ ।

बैठकले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै नेता माधव कुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

संसदीयदलमा सांसद रामकुमारी झाँक्रीलाई पनि कारवाही गर्नु पर्ने प्रस्ताव आएपनि ओलीले अन्तिम ससमयमा आएर झाँक्रीको स्पस्ष्टिकरण रोकेको स्रोतले दाबी गरेको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ५९ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी