३० भदौ २०८३, मंगलबार | September 15, 2026

साइन रेसुङ्गा बैंकले काठमाडौमा खोल्यो एकैपटक ५ वटा शाखा



काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गा विकास बैंकले केन्द्रीय राजधानी काठमाडौमा एकैपटक ५ वटा शाखाको बिस्तार गरेको छ ।

बैंकले राजधानी काठमाडौंको नयाँ बानेश्वर, न्युरोड,कलंकी, गोंगबु र महाराजगञ्जमा एकैपटक पाँचवटा नयाँ शाखाको विस्तार गरेको हो । आइतबार एक विशेष समारोहको आयोजना गर्दै बैंकले यी ५ स्थानमा साइन रेसुङ्गा विकास बैंकको नयाँ शाखा विस्तार गरिएको घोषणा गरेको छ ।

शाखा विस्तार घोषणा गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष धानेश्वर पौडेलले मोफसलको रुपमा रहेर बैंकिङ कार्य गरिरहेको साइन रेसुङ्गाले अब संघीय राजधानी काठमाडौंसँग नेटवर्क विस्तार गर्दै राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको बताए ।

सो अवसरमा बैंकको संस्थापक अध्यक्ष समेत रहेका पौडेलले विगत १२ अघि बैंकको सुरुवातको संघर्षको समय स्मरण गर्दै १२ वर्षपछि राष्ट्रियस्तरको विकास बैंक हुन पाउँदा खुशी व्यक्त गर्दै आफ्ना बैंकका सेयर धनी, सेवाग्राही तथा कर्मचारीहरुलाई धन्यवाद दिए ।

यस्तै, समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रकाश पौडेलले बैंकको अटुट १२ वर्षे यात्रामा साइन रेसुङ्गाले ठूलो आरोह अवरोह पार गर्दै अन्ततः राष्ट्रियस्तरको विकास बैंकको पहिचान बनाउन सफल भएको बताए ।

हाल बैंकको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ भने, कुल निक्षेप लगानी ३३ अर्ब रहको र ३० अर्ब बराबरको कर्जा लगानी रहेको बैंकले जनाएको छ । हालै मात्र विस्तार भएको बैंकको काठमाडौंका ५ नयाँ शाखासहित देशैभरी ८० शाखा विस्तार भएका छन् भने, बैंकको सेवाग्राही ९ग्राहक० ४ लाख बढी पुगिसकेको सीईओ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : १० बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ