२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सावधान ! दाेस्रो लहरको जोखिम बढ्यो, सर्तक रहनुहोस्



काठमाडौं । बढ्दो हेलचेक्र्याइँ र बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहरको जोखिम अत्यधिक बढेको छ ।

त्यसैले, फेरि एकपटक सबै जना चनाखो हँुदै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ । मास्क र स्यानिटाइजरको उचित प्रयोग तथा भौतिक दूरीमा विशेष जोड दिएर सावधानी अपनाउन सकिए दोस्रो लहरको कोरोनाबाट बच्न सकिने चिकित्सकले बताएका छन् ।

छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा पनि संक्रमणको थप जोखिम बढेको हो । यसअघि पनि पहिलो चरणमा भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि त्यसको अत्यधिक असर देखिएको थियो ।

यसपटक पनि भारतमा संक्रमितको संख्या अत्यधिक बढ्नु तथा नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिका कारण संक्रमणको दोस्रो लहर आउन सक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका हुन् ।

केही दिनयता नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढ्दोक्रममा रहेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्याकंमा भारतमा ३ लाख ९ हजार ८७ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल जोखिममा रहेको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगरे नेपालमा दोस्रो लहर भित्रिने बताए । उनले भने, ‘भारतमा कोरोना महामारीको दोस्रो लहरको संकेत देखिएको छ । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरेर दोस्रो लहर रोकथाम गर्नु जरुरी छ । संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले भिडभाडमा बस्दा संक्रमण फैलिने भन्दै सचेत रहनुपर्ने बताए ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार केही दिनयता भारतका महाराष्ट्र, मध्य प्रदेश, छत्तीसगढ, उत्तरप्रदेशमा संक्रमण दर बढ्दो छ । यसैबीच, सरकारले भारतबाट आउने १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाएको जनाएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : ४२ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान

काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी

देश दैडाहमा चलचित्र ‘खजुरे ब्रो’को टिम

बुटवल । नेपाली चलचित्र ‘खजुरे ब्रो’को टिम चलचित्रको प्रमोसनको लागी