३२ असार २०८३, बिहिबार | July 16, 2026

त्रिभुवन आर्मी ‘ए’लाई ट्राई एडभेन्चरको उपाधि



काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ ।

धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो ।

उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको टोली तेस्रो भयो । महिलातर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । सो स्पर्धामा प्याडल नेपाल दोस्रो तथा क्रान्क सिस्टर तेस्रो भयो । उक्त प्रतियोगितामा पाकिस्तानी सेनाको टोली उत्कृष्ट अन्तर्राष्ट्रिय टिम घोषित भयो ।

साहसिक खेलकूदअन्तर्गत रहेको उक्त प्रतियोगितामा दौड, साइक्लिङ र र्याफ्टिङ समावेश गरिएको थियो । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा छ दशमलव सात किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर लामो र्याफ्टिङ समावेश गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला गरी तीन टोली, मध्य पृतनाको एउटा टोली, नेपालका अन्य १६ टोलीका साथै बङ्गलादेश, पाकिस्तान र बेलायतका गरी ८० खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने टोलीलाई एक लाख ५० हजार, दोस्रो भएको टोलीलाई एक लाख तथा तेस्रो भएको टोलीलाई रु ७५ हजार पुरस्कार प्रदान गरिएको थियो । महिलातर्फ पहिलोलाई ५० हजार, दोस्रोलाई ३० हजार तथा तेस्रो हुनेलाई २० हजार पुरस्कार प्रदान गरिएको थियो ।

सो अवसरमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा ६ नं बाहिनी अड्डा र शिवदल गणलाई प्रधानसेनापति थापाले कदरपत्र प्रदान गर्नुभएको थियो । नेपाली सेनाले २०७१ सालदेखि सञ्चालन गर्दै आएको उक्त प्रतियोगितामा २०७४ देखि विभिन्न मित्र राष्ट्रका सैनिक टोलीलाई समेत सहभागी गराउँदै आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ११ : ०४ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध