६ श्रावण २०८३, बुधबार | July 22, 2026

आइएमई मोटर्स प्रा.लि.द्वारा उर्लाबारी नगरपालिकालाई दमकल हस्तान्तरण



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सन्चालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्डले उर्लाबारीमा एक कार्यक्रम गरी उर्लाबारी नगरपालिकामै पहिलो पटक सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उप प्रमुख लक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पुर्व क्षेत्रका पत्रकारहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीद्वारा एक थान दमकल हस्तान्तरण गरेका हुन ।

कम्पनीले बताएअनुसार यो दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयूक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले भने, सुबिधा सम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको छ ।

साथै, आगलागीका घटना हुनासाथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताए ।

दमकलले आफ्नो नगरपालिका सहित अन्यत्र जहाँ आगलागिका घटनाहरु हुन्छन् त्यहाँ जति सक्दो छिटो पुगेर नियन्त्रणको लागि प्रभावकारी कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । खरिद गरिएका सामानको सुरक्षा गर्न र दमकलको प्रयोगलाई प्रभावकारी बनाउन दमकलका कर्मचारीलाई निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  २ : ३७ बजे

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क