४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्री ओली र विप्लवबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । विभिन्न जिल्लाको भ्रमण सकेर आइतबार काठमाडौं आइपुगेका नेत्र विक्रम चन्द ‘विप्लव’ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव सोमबार बालुवाटार नै पुगेका हुन् । भेटमा विप्लवले सरकारसँग भएको सहमति पूर्ण रुपमा कार्यन्वयन गर्न आग्रह गरेको विप्लवसँगै बालुवाटार पुगेका एक नेताले जानकारी दिए ।

विप्लवले रिहा नभएका आफ्ना पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह गरेको ती नेताले बताए । विप्लव समूह र सरकारबीच गत फागुन २० गते भएको सहमतिमा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने भनिएको थियो । तर, विप्लव समूहका केही नेताहरु जेलबाट छुटे पनि अधिकांश छुटेका छैनन् ।

विप्लवको उक्त आग्रहमा प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया जारी रहेकोले केही समय लाग्ने जवाफ दिएको ती नेताले जानकारी दिए ।

 

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको