२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

धुर्मुस-सुन्तली फाउन्डेसनको मंगलबार मेचिमहाकाली अभियान शुरु (भिडियो सहित)



बुटवल । धुर्मुस-सुन्तली फाउन्डेसनका पदाधिकारी, अभियन्ताहरु मंगलबारदेखि मेचिमहाकाली अभियान थाल्ने भएका छन ।

चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई देशको ७७ जिल्ला जोडने गरि कन्चनपुरबाट अभियान शुरु हुने भएको हो ।

अभियानको क्रममा बुटवलमा आईपुगेका टोलीलाई गोर्खाली युवा सशक्तिकरण संस्थाले स्वागत कार्यक्रममा धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताए । अभियान २४ र २५ चैत बुटवलमा घरदैलो गर्ने गरिने उनले बताए ।

देशको ७७ वटा जिल्लाको पहिचान हुने गरि रंगशालामा ७७ वटा कक्षहरु निर्माण हुने उनले बताए । बैशाखमा रंगशालाको पिच निर्माण गरिने उनले बताए जसमा महाकालीको माटो र मेचि नदीबाट माटो, लुम्बिनीको माटोलाई प्रयोग गरिने उनले बताए ।

अभियान देशभरका समग्र नागरिकलाई निम्तो दिने, जनस्तरबाट निर्माण हुन लागेको रंगशालामा सरकारको समेत सहकार्य जुटाउने लक्ष्य रहेको कलाकार तथा धुर्मुस-सुन्तली फाउन्डेसनका अर्जुन घिमिरे (पाण्डे )ले बताए । आम नागरिकबाट तन, मन र धनबाट सहयोग गर्न उनले सुझाव दिए । संसार बदल्न आफुबाट शुरु गरौ । उनले बताए ।

सामाजिक अभियन्ता अर्जुन भुषालले ब्यक्तिको नभई समग्र नेपालीको क्रिकेट रंगशाला भएको उनले बताए । गोर्खाली सशक्तिकरण अध्यक्ष भरत पुरीले सबैको साथमा ठुला ठुला काम पूरा भएको उदाहरण दिदै राष्ट्रिय आयोजनाका रुपमा रहेको रंगशाला पनि पुरा हुने बताए ।

बुटवलका युवा रोजिन भण्डारी क्षेत्रीको जन्मदिनको अवसरमा फाउन्डेसनलाई ५ हजार ५ सय रकम सहयोग गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : ४६ बजे

मुस्ताङको कोरला नाकाबाट भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको

रोल्पाको माडी गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन

सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पा सकुशल फेला

काठमाडौं । सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता रहेका ओखलढुंगाका पर्वतारोहण

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुर । भक्तपुर नगरपालिका-लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा