१५ बैशाख २०८१, शनिबार | April 27, 2024

माछापुच्छ्रे बैंकको सहयोगमा लैनचौर र प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाईट जडान



काठमाडौं । माछापुच्छ्रे बैंकले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्धेश्यले काठमाडौंको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच बैंकका संचालक रोशन केसी र विश्व प्रकाश गौतमले उक्त ट्राफिक लाईटहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका छन् ।

सवारी आवागमनलाई सुरक्षित एंव व्यवस्थित बनाउने विश्वासका साथ बैंकले सवारी साधानको अत्याधिक चाप रहने लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको हो ।

उक्त ट्राफिक लाईट हस्तान्तरण कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्राफिक लाईटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा प्रायःजसो समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ट्राफिक लाईटहरु हस्तान्तरण गरेको बताए ।

सोही कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बैंकले प्रदान गरेका ट्राफिक लाईटहरुले आम नागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : ४४ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको