२२ मंसिर २०८२, सोमबार | December 8, 2025

तपाई टाइट जीन्स लगाउनुहुन्छ ? यस्ता रोग लाग्न सक्छ



एजेन्सी । अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस् ।

जीन्स किन्दा जहिले पनि लगाएर अलिकति झुकेर हेर्नुपर्छ । तपाईंको खुट्टा चलाउन कत्तिको सजिलो हुन्छ र तिघ्रा अनि नितम्बलाई सजिलो हुन्छ कि हुँदैन, सबै विचार गर्नुपर्छ । सानो साइजका लुगा कहिल्यै लगाउनु हुँदैन ।

यो लगाउँदा तपाईंको शरीरलाई हानि पुग्छ । भुँडी ठूलो भएका अनि बोसो लुकाउनका लागि कम्मरमुनि जीन्स (लो वेस्ट जीन्स) लगाउने मान्छेले स्वास्थ्यलाई हानि गराउँछन् । अब फेशनका लागि त यस्तो जीन्स राम्रै देखिएला तर यसको दीर्घकालीन असर नराम्रो हुन्छ ।

हामीले लगाउने कपडाले हाम्रो शरीरको आकार निर्धारण गर्छ । भुँडीको बोसो लुकाउनका लागि टाइट जीन्स लगाउँदा बोसो माथि सर्छ र जम्मा हुन थाल्छ । अनि त तपाईंको शरीरले अनौठो र असाधारण आकार लिन थाल्छ ।

महिला र पुरुष दुवैले टाइट जीन्स लगाउनु ठीक हुन्न । धेर टाइट जीन्स लगाउँदा पुरुषको अण्डकोष बिग्रेर उनीहरू नपुंसक हुन पुग्छन् । टाइट जीन्सले नसा र मांसपेशी पनि खराब बनाउँछ ।

चिकित्सकहरूले कम्पार्टमेन्ट सिन्ड्रोम भनी चिनाउने रोग पनि टाइट जीन्सका कारण लाग्छ । यसले गम्भीर आन्तरिक रक्तश्राव गराउँछ र मांसपेशी फुलाइदिन्छ । हिँडडुल गर्नै अप्ठ्यारो गराइदिन्छ ।

टाइट जीन्सले मृगौला पनि ड्यामेज गरिदिन्छ । चिपिक्क टाँसिएका जीन्सले तपाईंको सौन्दर्य बढाउनुपर्नेमा तपाईंको आकार नै बदल्न थालेमा तपाईं तत्काल सचेत हुनुपर्छ । शरीर भनेको प्रकृतिको राम्रो उपहार हो र हामीले यो जस्तो छ त्यस्तै रूपमा स्वीकार्नु जरूरी छ । आफ्नो शरीरलाई माया गर्नुस् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ५१ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन