२९ मंसिर २०८२, सोमबार | December 16, 2025

आफुहरु पार्टी फुटाउने पक्षमा छैनौं, ओली नै पार्टी फुटाउन लागिपरेका छन् : माधव नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली एमाले फुटाउन लागि परेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमालादीमा आजबाट सुरु भएको अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको बताए । उनले एमाले फुटाउन प्रधानमन्त्री ओली आफै लागि परेको आरोप लताए।

नेपालले प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनतर्फ लगेको बताउँदै आफुहरुले फार्टी पनि नफुटाउने र ओली प्रविर्ती विरुद्धको मैदान पनि नछाड्ने बताए ।

केपी ओलीमा कम्युनिस्ट चरित्र नभएको दोहोर्याउँदै नेता नेपालले ओलीले सुरुदेखि नै पार्टी भित्र गुटका राजनीति गरेको बताए। उनले ओलीले आफूलाई ‘कमरेड’ भन्दा ‘बा’ भन्ने रुचाउने गरेको बताए। वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीको अराजकता र स्वेच्छाचारिता विरुद्ध अन्तसम्म लड्ने प्रतिवद्धता जनाए

वरिष्ठ नेता नेपालले ओलीको स्वेच्छाचारिताले कम्युनिष्ट आनदोलनलाई बिसर्जन गर्न लागेको बताए । नेपालले ओलीले आफुहरुमाथि स्पष्टीकरणको नाटक गरेर कानुनी कारवाही गर्न खोजेपनि उनमाथि राजनीतिक रुपमा विजय हासिल गरेरै छोड्ने प्रतिवद्धता जनाए ।

नेपालले ओलीको स्पष्टकरणबाट अलिकति पनि विचलित नभएको जनाउँदै नेता कार्यकर्ता र युवा विद्यार्थीलाई उच्च मनोवलका साथ सत्य र न्यायको पक्षमा उभिँदै कार्यक्षेत्रमा खट्न आग्रह गरे ।

नेपालले केपी ओली हिटलरको नेपाली अवतार भएको गम्भीर आरोप समेत लगाए । ओलीले पार्टीमा एकाधिकार गर्न खोजेको जिकिर गर्दै उनले भने, ‘हिटलरको नेपाली अवतार भएका छन् ओली । यो निरंकुशतालाई स्वीकार गर्न सकिन्नँ ।’

नेता नेपालले असली एमाले र जबजका हिमायती आफुहरु भएको जिकिर गरे । ओलीले भ्रम छरेर जबजको जप गरे पनि उनी कहिल्यै जबजको पक्षधर नभएको नेपाललको भनाइ थियो । उनले भने, ‘जबज भनेको बहुमतको निर्णय मान्नु हो । तर उहाँले आफ्नो बहुमत नभएको केन्द्रीय कमिटीका सदस्यलाई सडक छाप भन्नुभयो ।’

 

 

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  २ : ५५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको