२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

आगामी वैशाख ३ गतेदेखि ‘प्रथम तिलोत्तमा फुटबल एकेडेमी कप-२०७८’ हुदैं



तिलोत्तमा । तिलोत्तमा फुटबल एकेडेमीले आफ्नै नाममा प्रतियोगिता आयोजना गर्ने भएको छ ।

तिलोत्तमा नगरपालिका संरक्षक रहने गरी एकेडेमीले आगामी वैशाख ३ गतेदेखि ‘प्रथम तिलोत्तमा फुटबल एकेडेमी कप-२०७८’ आयोजना गर्ने भएको हो ।

तिलोत्तमामा व्यवसायीक रुपमा फुटबल प्रशिक्षणको सञ्चालन गर्न लागिरहेको एकेडेमीले विगतका वर्षहरुमा ‘मेयर कप’ तथा ‘वडा कप’ आयोजना गर्दै आएकोमा आगामी वर्षदेखि आफ्नै नाममा प्रतियोगिता आयोजना गर्ने भएको हो ।

विभिन्न जिल्लाका १६ टिम सहभागी हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले ५० हजार ५५० नगद राशीसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेता टिमले २५ हजार ५२५ नगद राशी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीमा अध्यक्ष तिलक नेपालीले जानकारी गराए ।

तिलोत्तमा-१ चपरहट्टी खेल मैदानमा हुने प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट फरवार्डर, उत्कृष्ट मिड फिल्डर तथा म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नकआउटका आधारमा खेलाइने प्रतियोगिता वैशाख १८ गतेसम्म सञ्चालन हुने छ । खेलमा सहभागीताका लागि ३ हजार ५ सय प्रवेश शुल्क राखिएको प्रतियोगिता आयोजना गर्न ७ लाख ५० हजार बढी खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

एकेडेमीले नयाँ शैक्षिकसत्रदेखि नियमित रुपम प्रशिक्षण सुरु गर्ने भएको छ । प्रशिक्षका लागि तिलोत्तमा-४ विष्णुपुरमा रहेको ज्ञानगंगा पाठशालासँग ३ वर्षका लागि सम्झौता गरेको छ भने विद्यालय नजिकै रहेको ८ कट्ठा जमिन लिजमा लिएर खेल गतिविधि सञ्चालन गर्ने भएको छ । एकेडेमीले मैदान निर्माणको कामलाई तीब्रता दिइरहेको एकेडेमीका अध्यक्ष नेपालीले जानकारी गराए ।

वैशाखदेखि सञ्चालन हुने प्रशिक्षणका लागि दर्जन बढी विद्यार्थीका अभिभावक सम्पर्कमा आइसकेको जानकारी गराउँदै उनले सहभागी हुन चाहाने अन्य विद्यार्थीलाई भर्ना गर्ने क्रम जारी रहेको बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रशिक्षक यम गुरुङ मूख्य प्रशिक्षकका रुपमा रहने एकेडेमीमा मासिक १२ हजार शुल्क तिरेर विद्यार्थीहरुले प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : ४५ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री