१४ बैशाख २०८३, सोमबार | April 27, 2026

सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि क्यूआर कोड सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्य लिएको बैंकले आमनागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्न कर्णालीमा पनि क्यूआर कोड सेवा सुरु गरेको हो ।

गत आइतवार नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेतस्थित कृषिबजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाईन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाईन गरी ४ स्थानमा क्युआर कोड सेवाको सुरु गरेका छन् ।

त्यसैगरी बैंकले चैत १० गते मंगलवार राजधानीको मनोहरा स्थित तरकारी बजारमा पनि यो सेवाको सुरुवात गरेको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कडेलकोे प्रमुख आतित्थ्यतामा बैंकले व्यवसायीहरुलाई क्युआरकोड हस्तान्तरण गरेको छ । यसअघि बैंकले बिभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रमहरु गरी क्युआर कोड सेवा सुरु गरेको थियो ।

क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने देखिएको छ । यस्तै व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्म जानु नपर्ने लगायतका थुपै सुविधा रहेका छन् ।

बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतकाविभिन्नव्यसायीहरुलाई प्रदान गरेको क्युआर कोड सेवाले आमग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ ।
डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ६ : ५४ बजे

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा

दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी

सरकारका प्रवक्ता भन्छन् – टीयू क्रिकेट मैदान भत्किने हल्ला निराधार

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित