१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि क्यूआर कोड सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्य लिएको बैंकले आमनागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्न कर्णालीमा पनि क्यूआर कोड सेवा सुरु गरेको हो ।

गत आइतवार नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेतस्थित कृषिबजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाईन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाईन गरी ४ स्थानमा क्युआर कोड सेवाको सुरु गरेका छन् ।

त्यसैगरी बैंकले चैत १० गते मंगलवार राजधानीको मनोहरा स्थित तरकारी बजारमा पनि यो सेवाको सुरुवात गरेको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कडेलकोे प्रमुख आतित्थ्यतामा बैंकले व्यवसायीहरुलाई क्युआरकोड हस्तान्तरण गरेको छ । यसअघि बैंकले बिभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रमहरु गरी क्युआर कोड सेवा सुरु गरेको थियो ।

क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने देखिएको छ । यस्तै व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्म जानु नपर्ने लगायतका थुपै सुविधा रहेका छन् ।

बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतकाविभिन्नव्यसायीहरुलाई प्रदान गरेको क्युआर कोड सेवाले आमग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ ।
डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ६ : ५४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम