४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले केन्द्रीय कार्यालय थापाथली हाइटमा सर्दै, प्रधानमन्त्री ओलीद्वारा नयाँ भवन निरीक्षण



काठमाडौं । सर्दै गरेको पार्टी कार्यालय भवन हेर्न प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली पुगेका छन् ।

थापाथलीको उमंगहाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवाल नामका व्यापारीको घरमा आगामी बैशाख १ गतेदेखि एमालेको केन्द्रीय कार्यालय सर्दैछ । यसका लागि एमालेले घरधनीसँग ५ वर्षको घरभाडा सम्झौता गरेको छ ।

केहीबेर निरीक्षण गरेका प्रधानमन्त्रीले कार्यालय भवन राम्रो रहेको बताएको कृषि तथा पशुपंक्षीमन्त्री पद्मा अर्यालले बताइन ।

सो घर प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले खोजेका हुन् । दुगडले घरधनीसँग पाँच वर्षका लागि सम्झौताभएको बताए ।

यसअघि सो घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो। प्रशस्त पार्किङसहित साढे दुई तला रहेको घरमा १३ वटा कोठा रहेका छन् ।

२०७२ साल बैशाखमा गएको भूकम्पले बल्खुस्थित आफ्नै कार्यालय भवन भत्केपछि एमाले धुम्बाराहीस्थित पासाङ ल्यामु स्मृति प्रतिष्ठानको घरमा भाडामा बसिरहेको थियो ।

केही दिनअघि सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले बल्खुमा सुविधासम्पन्न नयाँ भवन बनाउने निर्णय गरिसकेको छ । आगामी बैशाख ९ गते पार्टी स्थापनाको अवसर पारेर सोही भवनको शिलन्यास गरिने बताइएको छ ।

एमाले पार्टीको नाममा बल्खुमा करिब १३ रोपनी जग्गा छ ।

 

 

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको