७ आश्विन २०८३, बुधबार | September 23, 2026

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशनको कार्यतालिका परिवर्तन हुने



काठमाडौं । आसन्न १४औं महाधिवेसनको कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । कांग्रेसले चैत २० गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । परिवर्तित राजनीतिक घटना क्रम र सत्ता समिकरणका बिषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।

महाधिवेशनको एजेण्डा सहित समसमायीक बिवषमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाउन निर्देशन दिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको कामलाई अघि बढाएपनि पूर्व निर्धारित कार्यतालिका आनुसार कार्य सम्पन्न नहुने भएपछि कार्य तालिका फेरबदल गर्नका लागि पनि बैठक बस्नुपरेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

कांग्रेसले यस अघि भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको थियो । मंगलबार सौझसम्म ६९ जिल्लाबाट तथ्यांक इन्ट्री सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेसमा ४ लाखभन्दा बढी क्रियाशील सदस्यता वितरण तथा नवीकरण भएको सो पार्टीले दाबी गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ४ : २४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११