११ चैत्र २०८२, बुधबार | March 25, 2026

आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै



पोखरा । आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ ।

पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच एण्ड वीन’ मार्फत सो अफर ल्याउन लागिएको समितिका संयोजक अग्नि कँडेलले जानकारी दिए । “पर्यटक आउनुस् भनेर मात्र आउँदैनन्, केही विशेष र आकर्षक योजना चाहिन्छ । हामी त्यसैका लागि केही अफरको गृहकार्यमा जुटेका छौँ”, कँडेलले भने ।

कँडेलका अनुसार विमानस्थलमा जहाजमा उड्ने यात्रुलाई बोर्डिङ पाससँगै र पर्यटक बसबाट यात्रा गर्ने यात्रुलाई टिकटसँगै ‘पासपोर्ट टु पोखरा’ को एउटा ब्रोसर पनि दिइन्छ । उक्त ब्रोसरको माथि स्क्राच गर्ने ठाउँ हुनेछ । उक्त स्थानमा स्क्राच गरेपछि भाग्यमानी विजेताले त्यहाँ उल्लिखित सेवा निःशुल्क प्राप्त गर्नेछन् । काठमाडौंबाट विभिन्न स्थानमा जाने नेपाली यात्रुलाई लक्षित गरी यो अफर ल्याउन लागिएको हो । स्क्राच कुपनमा प्याराग्लाइडिङ, बञ्जि,र्¥याफ्टिङ, जीप लाइन, अल्ट्रालाइट, डुङ्गा, एयर टिकट, बस टिकट, होटल, पदयात्रा, साइट सिनलगायतका गतिविधि अफरमा समावेश हुनेछ । सो अफरका लागि पर्यटन सम्बद्ध सङ्घ संस्थाले आ–आफ्नो क्षेत्रसँग जोडिएका कुरालाई समावेश गर्नसक्ने छन् ।

सो योजनाका लागि पोखरा पर्यटन परिषद् ९पिटिस० ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल, पश्चिमाञ्चल होटल एशोसिएशन (हान), नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर एजेन्टस (नाट्टा) रेष्टुराँ एण्ड बार एशोसिएसन (रेवान), ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएशन (टेसा) नेपाल माउण्टेनरिङ एशोसिएशन (एनएमए) नेपाल हवाई खेलकूद सङ्घ (ना), इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (ऐगा), डुङ्गा व्यवसायी, माता तालबाराही आरती सेवा समितिलगायत अन्य सङ्घ संस्थासँग समन्वय र सहकार्य गरेर विशेष प्याकेज ल्याउने तयारी गरिएको हो ।

कँडेलका अनुसार प्रारम्भिक चरणमा नेपाली नागरिकलाई मात्र लक्षित यो योजनालाई सार्वजनिकसँगै अन्य योजनामा समिति जुट्ने छ । त्यसैगरी गण्डकी प्रदेशको मनाङबाहेकका जिल्लामा उपसमिति बनेको र उक्त जिल्लाबाट पनि स्थान विशेषका पर्यटन ‘प्रोडक्ट’ र गतिविधिका बारेमा जानकारी मागिएको छ । कोभिड–१९ पछि पर्यटनमा नवीनतम सोच र विशेष योजनाको आवश्यकतासँगै प्रदेशको पर्यटकीय विषयसँग जोडेर प्राकृतिक, सांस्कृतिक र धार्मिक गतिविधिलाई जोड दिने कार्यक्रमसमेत ल्याउने तयारीमा समिति जुटेको संयोजक कँडेलले भनाइ छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कोभिड–१९ पछि पर्यटनको अवस्थालाई गति दिन आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने बताए । भण्डारीले विशेष योजना र प्याकेजबाट पर्यटकलाई आकर्षित गर्न सकिने जनाउँदै विभिन्न सङ्घ संस्थासँग समन्वय र सहकार्यमार्फत केही नवीनतम योजना सार्वजनिक गर्न लागिएको जनाए । देशका सातै वटा प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरी सोअनुसार पर्यटकीय गतिविधि अगाडि बढेको उनको भनाइ छ । “पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने तयारीसँगै अहिले ‘पासपोर्ट टु पोखरा’ योजना तयारीमा छौँ, यसले पर्यटकमा एउटा उत्साह थपिदिने विश्वास लिएका छौँ ।” उनले अबको पर्यटनमा नवीनतम सोचको आवश्यकतासँगै यस विषयमा सरोकारवालासहितको राय सुझावसहित ‘वर्कआउट’ गरिरहेको जानकारी दिए । उनले प्रदेशका पर्यटकीय गन्तव्यसँगै सांस्कृृतिक, धार्मिक, प्राकृतिक पक्षलाई उजागार गर्ने कार्यक्रमलाई समेत बोर्डले जोड दिँदै आएको बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ९ : २० बजे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको