२० मंसिर २०८२, शनिबार | December 6, 2025

१२ किलो चरेश सहित २ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले १२ किलो लागु औषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुरको एक होटलबाट प्रहरीले १२ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको हो ।

कोहलपुर चप्परगौडी स्थित न्यू सुदुरपश्चिम बाजुरा स्टाफ होटल कोठामा बसिरहेका २ जनाबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । चरेस सहित पक्राउ पर्नेहरुमा रोल्पा सुनिलस्मृती गाँउपालिका ७ का रुद्र बहादुर बुढा र रुकुम-पुर्व भुमे भुमेगाँउपादिका – ७ का रवि पुन हुन् ।

होटलको १०१ नम्बरको कोठामा बसिरहेका उनीहरुसँगै रहेको जेब्रा झोलाबाट सो चरेस बरामद भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बाहिर खैरो रंगको प्लाष्टिक टेपले बेरी राखेको १२ प्याकेमा रहेको चरेशको तौल गर्दा १२ किलोग्राम रहेको थियो । पक्राउ परेकाहरुलाई लागु औषध कारोबार ए्ेन अनुसार म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १ : ४७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति