६ श्रावण २०८३, बुधबार | July 22, 2026

ग्लोबल ईकम डलर कार्ड : आहा ! क्या मज्जा !! घरमै बसेर विदेशी सेवा र सामान लिन पाइने



काठमाडौं । ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप ग्लोबल आइएमई बैंक लिमिटेडले यस्तो डलर कार्ड जारी गरेको हो ।

बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिन्छ ।

ग्राहकले आफ्नो नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधालिन सक्नेछन् । साथै कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आफैले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिने बैंकले जनाएको छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले बेलाबेलामा नयाँ योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ । ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधिकार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई बैंकले सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ४ : २८ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज