२९ भदौ २०८३, सोमबार | September 14, 2026

नबिल बैंकको ‘हिरोज् अफ नेपाल’ मा शेफ सन्तोष शाह सम्मानित



काठमाडौ । नबिल बैंकको “हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित भएका छन् ।

बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा हिरोज् अफ नेपालको आयोजना गर्न थालेको हो ।

बैंकले हिरोज् अफ नेपालको दोस्रो संस्करणमा भने नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौंको माया पाउन सफल शेफ सन्तोष शाहलाई सम्मानित गरेको हो ।
शेफ सन्तोष शाहले यु.के. को मास्टरशेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएका छन् ।

शेफ सन्तोष शाह, अनिल केशरी शाह र अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, शेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमा बोल्नुका साथै उनको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गरे ।

यो कार्यक्रमबाट हामी प्रेरणादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएका छौं, उनीहरुको भनाई थियो । उक्त कार्यक्रममा बैंकको उच्च व्यव्स्थापन तहका अधिकारीहरूको समेत उपस्थिती रहेको थियो ।

नबिल बैंकले शेफ सन्तोष शाहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गरेको होे । जसको अनुसरण गर्दै, नबिल बैंकले शेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता जनाएको छ ।

नबिल बैंकले आगामी दिनहरूमा यस श्रृंखलालाई निरन्तरता दिने योजना बनाएको छ । जसले युवाहरूलाई आफ्नो जीवनमा केही ठूलो काम गर्न उत्प्रेरित गरोस ताकी हामी सबै उनिहरूको जीवन यात्राबाट प्रेरणा पाउन सकौं, बैंकको भनाई छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ५ : १४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ