४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेका नरेशबाबु श्रेष्ठ सहित देशका ३ जनाले पाए ‘कोभिड हिरो’को उपाधि



बुटवल । बिश्वभर महामारीकारुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को प्रकोप बिरुद्ध अग्रभागमा खटिएर योगदान पु¥याउने नेपालका ३ जना स्वास्थ्यकर्मीहरु ‘कोभिड हिरो’ घोषित भएका छन् । एकाउन्टविलिटि ल्याब काठमाडौंले महामारीका बेला देशैभरीबाट उत्कृष्ठ भूमिका खेलेका तिन जना स्वास्थ्यकर्मीलाई ‘कोभिड हिरो’ घोषित गरेको हो ।

एकाउन्टविलिटि ल्याबले आज जारी गरेको घोषणामा डीसीसीएमसी बाँकेका पूर्व कोरोना फोकलपर्शन हाल स्वास्थ्य कार्यालय बर्दियामा कार्यरत जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ, जलेश्वर अस्पताल महोत्तरीको स्टाफ नर्स चण्डीका अधिकारी र धनगढी उपमहानगरपालिकाका कोभिड फोकल पर्सन लक्ष्मी राज उपाध्यायलाई ‘कोभिड हिरो’ घोषणा गरेको हो ।

देशैभरिबाट निरन्तर रूपमा कोभिड महामारी व्यवस्थापनमा सक्रिय र प्रभावकारी भूमिका खेलेको भन्दै उनिहरुलाई ‘कोभिड हिरो’ घोषित गरीएको ल्यावले प्रकाशित बिज्ञप्तिमा उल्लेख गरिएको छ । हाल बर्दियाका कोरोना फोसल पर्सन समेत रहेका श्रेष्ठ यसअघि बाँकेमा कोरोना फोकल पर्सनका रुपमा कार्यरत थिए ।

बाँकेमा कोरोना फोकलपर्शन रहेका बेला श्रेष्ठले जिल्लाको महामारी नियन्त्रणमा मात्र केन्द्रीत नभएर बाँके सहित कर्णाली र सुदुरपश्चिम प्रदेशबाट संकलन गरिएको स्वाव काठमाडौं पठाउने कार्यमा समेत आफै खटिएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १० : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको