८ बैशाख २०८३, मंगलबार | April 21, 2026

पानीबाट प्राप्त गर्न सकिन्छ समृद्धि



काठमाडौं । समृद्धि र सम्भावनाको खानीका रूपमा रहेको जलस्रोतको राम्रो उपयोग गर्न नेपाल सरकारले तयारी थालेको छ ।

उपयोगका अथाह क्षेत्र रहेकाले ती सम्भावनालाई यथार्थमा बदल्ने कार्यदिशामा सरकार अगाडि बढेको हो । नेपालका नदी नालाबाट वार्षिक करिब २२५ अर्ब घनमिटर पानी उपलब्ध हुने गर्छ ।

यसमध्ये करिब १२ अर्ब घनमिटर पानी भूमिगत जलस्रोतका रूपमा पुनर्भरण हुने गर्छ । जलस्रोत नीतिले नेपालमा विद्यमान तथा सीमा क्षेत्रमा रहेका नदीनालाको समेत राष्ट्रिय हितअनुरूप उपयोग गर्ने योजना सरकारले बनाएको छ ।

अथाह पानीको भण्डारलाई बहुआयामिक उपयोगमा बदलेर देशले विश्वमा समृद्धि र आर्थिक वृद्धिको उचाइ हासिल गर्न सक्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली बताउँछन् ।

उहाँका अनुसार नेपालमा उपलब्ध भूमिगत, सतह र हिउँमुनिको पानीका मुख्य स्रोत छन् । तराईमा सबैभन्दा बढी भूमिगत पानीको स्रोत छ । रिचार्ज क्षेत्र छाडेर भूमिगत जलको उपयोग गर्न सके तराईमा खानेपानीको उपभोग र अधिकांश कृषि फाँटलाई हराभरा बनाउन सकिन्छ ।

जलस्रोत तथा ऊर्जा आयोगले गरेको एक अध्ययन अनुसार नेपालका झण्डै छ हजार नदीनाला छन् । यी नदीनालामध्ये ७४ प्रतिशत नेपाली भूभाग ओगट्ने गर्छ । नेपालमा निरन्तर हिउँ पर्ने क्षेत्रमध्ये पाँच हजार मिटरमाथिका २३ प्रतिशत भूभाग रहेको छ । त्यस्तै तीन हजार २५२ हिमनदीका स्रोत छन् । नेपालमा दुई हजार ३२३ वटा हिमताल रहेका छन् । तिनले ७५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ ।

बढ्दो तापक्रम र जलवायु परिवर्तनको असरका कारण केही क्षेत्रमा पानीको स्रोत घट्दै गएको छ । हिमाली भेगका हिमनदी साँघुरिँदै गएको छ । तल्लो तटीय क्षेत्रमा सुक्खा पर्दै गएको छ । हिमाल पग्लेर बनेको हिम तालको आयतन बढ्दैछ ।

जसको प्रभावले समुद्रमा बढेको जल सतह र बढ्दो वाष्पीकरण सीधै नेपाल र हिमालमा ठक्कर खाँदा नेपालमा भविष्यमा अतिवृष्टि र अनावृष्टि हुने सम्भावना बढी छ । यी सबै समस्यालाई टेकेर तिनलाई अवसरमा बदल्न सके नेपालको पानी सम्भावनाको खानीका रूपमा परिणत हुनेछ । बाँध बाँधेर पानी सङ्कलन गरी दीर्घकालीन उपयोग गर्न सकिने उनी सुझाउनुछन । सरकारले विभिन्न परियोजना सञ्चालन गरेर यो बाटोमा अग्रसर छ ।

यसरी वर्षामा सङ्कलन गरिएको पानी पिउन, उद्योगमा प्रयोग गर्न, सिँचाइ, पर्यटन विस्तारका लागिसमेत पर्याप्त हुनेछ । त्यस्ता बाँध परियोजना बनाउँदा भूकम्पीय जोखिमको मापन गरेर बनाउनुपर्छ । सरकारले अघि सारेको सुनकोसी-मरिण परियोजना जलस्रोत व्यवस्थापन र उपयोगको एउटा उदाहरण भएको ओलीले जानकारी दिए ।

नेपाल विश्वमै सबैभन्दा राम्रो ताजा पानीको स्रोत भएको देश हो । उनी भन्छन्, “यहाँ हिमालको पानीसँग सीधै बोतलमा भरे पनि विदेशी मुद्रा कमाउन सक्ने क्षमता छ ।” त्यसका लागि सरकारले नीति तथा कार्यक्रममा सगरमाथाको पानीको ब्रान्ड बनाएर विदेश निर्यात गर्ने विषय समावेश गरेको छ ।

सतहमा बग्ने ठूला नदी महाकाली, कर्णाली, कोसी र कालीगण्डकीको अपार पानीलाई विविध उपयोगको बाटोमा अग्रसर गराउन सकिन्छ । बहुआयामिक परियोजना सञ्चालन गरेर तत्काल ४२ हजार आगामी दिनमा समेत गरेर ८३ हजार मेगावाट बिजुली उत्पादन गरी छिमेकी मुलुकलाई निर्यात गर्न सकिन्छ । सोअनुसार तमोर ड्याम परियोजनाले ७६२ मेगावाट बिजुली निकाल्दै सुनसरी र मोरङ क्षेत्रमा सिँचाइ पर्यटन, कृषि, उद्योगसहितका योजनासँगै अघि बढाइरहेको छ ।

सरकारले जलस्रोत तथा ऊर्जा नीति २०७७ ल्याएलगत्तै यस क्षेत्रमा काम अघि बढाएको छ । जलविद्युत्मा गरिने विकासले राष्ट्रिय आर्थिक विकासका लागि आवश्यक ऊर्जाका साथै बङ्गलादेशलगायतका देशमा निकासी गरेर आर्थिक वृद्धि गर्ने योजना सरकारको रहेको जलविज्ञ सुनील पोखरेलले बताए ।

नेपालका मुख्य तथा सहायक नदीबाट सात हजार १२५ प्रतिसेकेन्ड घनमिटर पानी बग्ने गरेकोमा पाँच हजार ४८९ प्रतिसेकेन्ड घनमिटर पानी बगेर देशबाट बाहिरिने जल तथा उर्जा आयोगको तथ्याङ्कमा उल्लेख छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ७ : ०६ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई