२६ बैशाख २०८१, बुधबार | May 8, 2024

रहेनन् ‘बेनीको बजार, जतामाया उतै छ नजर’का सर्जक टिकाबहादुर श्रेष्ठ



बुटवल । सर्वाधिक चर्चामा पुगेको ‘बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ का संकलक तथा सर्जक टिकाबहादुर श्रेष्ठको ७५ वर्षको उमेरमा निधन भएको छ । बुटवल उपमहागनगर १२ मा बस्दै आएका श्रेष्ठको बिहिबार सांझ आफ्नै निवासमा निधन भएको हो ।

बिगत केहि महिनाबाट मृगौला सम्बन्धि रोगबाट पिडित रहेका श्रेष्ठको मधुमेहका कारण केहि दिन देखि सिकिस्त भएका थिए । घरमै बसेर उपचार तथा औषधी सेवन गर्दागर्दै बिहिबार ४ः१५ मा उनको निधन भएको श्रेष्ठका छोरा सन्तोष कुमार श्रेष्ठले जानकारी दिए ।

२००२ साल बैशाख १४ गते म्याग्दीको बेनी बजारमा जन्मेका टिकाबहादुर श्रेष्ठको २०२७ सालमा परम्परागत बिबाह भएको थियो । बिबाह पछि श्रेष्ठले संकलन र सङ्गीत भरेका ‘बेनीको बजार जता माया उतै छ नजर’ गित रेकर्डिङ गराउन काठमाडौं जाने क्रममा लोक गायिका मन छन्त्यालसँग माया बस्यो र २०३५ सालमा छन्त्याललाई दोस्रो श्रीमतीकारुपमा श्रेष्ठले बिबाह गरेका थिए । श्रैष्ठको पहिलो श्रीमतीको ५ महिना अगाडि निधन भएको थियो ।

श्रेष्ठले ‘गिती संग्रालय’ नामक पुस्तक प्रकाशन गरेका थिए भने बुटवलमा निजी बिद्यालय संचालन गर्ने ब्यक्तिकारुपमा पनि श्रेष्ठलाई चिनिन्छ । पाइनउड बोर्डिङ र देवकोटा बिद्यालयका संस्थापक श्रेष्ठको ‘बेनीको बजार’ पछि ‘टिम्मुरे काँडाले’ बोलको गित पनि चर्चित रहेको छ । उनले पंचायत बिरोधी ‘यो कान्छाको शिरैमा कालो टोपी ढल्केको’ ब्यङ्ग गितको पनि रचना गरेका थिए ।

श्रेष्ठले नेवारी परम्पराका गाइजात्रामा प्रस्तुत हुने गित, लाखेनाच, रोपाईं नाच, फागु पुर्णिमाको फागु गित लगायतका धेरै नेवारी संस्कृतिमा आधारित कृती तयार गरेपनि त्यसको दस्तावेज एल्वम वा पुस्तक भने बनाउन सकेनन् ।

उनको पहिलो श्रीमती तर्फ एक छोरा र दोस्रो श्रीमती तर्फ २ छोरी छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ७ : ४३ बजे

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपाललाई बर्खास्त गर्न माग

काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन

झापा । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार

संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने

भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घ । हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका