१२ असार २०८३, शुक्रबार | June 26, 2026

लुम्बिनी नवयुवा क्लबलाई क्रिकेटको उपाधि



बुटवल । बुटवलमा सम्पन्न प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता २०७७ को उपाधि लुम्बिनी नव युवा क्लबले हात पारेको छ ।

बुटवल युथ स्पोर्ट्स क्लबको आयोजनामा शनिबार भएको फाईनलमा आयोजक बुटवल युथ स्पोर्ट्स क्लबलाई ८१ रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै लुम्बिनीले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता बुटवल युथ २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

खेलमा लुम्बिनीका देविनगर युथ क्लबका लोक बहादुर गुरुङ म्यान अफ द सिरिज, एभरेस्ट क्रिकेट क्लबका मन्जिल भुषाल उत्कृष्ट बलर, बुटवल युथका शंकर राना उत्कृष्ट ब्याट्सम्यान घोषित हुँदै कपबाट पुरस्कृत गरिएको छ ।

एक समारोहका बिच रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेल, वडा नं १६ का वडाअध्यक्ष रामप्रसाद रेग्मी, वडा सदस्य गगन बहादुर गुरुङ, क्लबका अध्यक्ष राकेश नाथ अग्रहरी, खेल संयोजक राजु राना, सेमलार खानेपानीका अध्यक्ष बुद्धि प्रसाद ढकालले विजेता टिम, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

कार्यक्रममा रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले क्रिकेट मैदान अभाव रहेको बेला स्थानिय सरकारबाट जग्गा उपलब्ध गराएर सराहनिय काम गरेको बताए । राष्ट्रिय टिममा नै रुपन्देहीका धेरै खेलाडी पर्दै आएको बेला मैदान पहिचान भएर पुर्वाधार विकासमा शुरुवात भएको उनले बताए। भैरहवामा अन्तर्राष्ट्रियका साथै देवदह, सैनामैनामा समेत मैदान बनाउने काम भैरहेको उनले बताए ।

बुटवल उपमहानगरपालिका वडा नं १६ को स्थित बुटवल नरेश्वर अन्तराष्ट्रिय क्रिकेट खेलमैदानमा भएको फाईनल खेलमा टस जितेर लुम्बिनीले ब्याटिङ गर्न मैदानमा उत्रेर १९ ओभर १ बलमा सबै विकेटको नोक्सानीमा १ सय ४६ रनको योगफल तयार गरेको थियो । लुम्बिनीका सुरज रानाले नटआउट १५ बलमा ३० रन, अफरादले १२ बलमा २२ रन जोडेका थिए । बुटवलका जितेन्द्र साहनीले ४.१ ओभर बलिङ गर्दै ५ विकेट लिएका थिए ।
बुटवल युथ १४.६ ओभर केवल ८० रनमा समेटिएको थियो । अब्रहानले २५ बलमा ४१ रन जोडेपनि जित निकाल्न सकेनन ।

लुम्बिनीको जितमा बैतुल्लाले ३ र मनोहरले २ विकेट लिएका थिए । खेलमा लुम्बिनीका सुरज राना म्यान अफ दी म्याच घोषित भएका थिए । उपाधिका लागि जिल्लाका १९ क्लबहरुले भाग लिएका छन ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : २७ बजे

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्