२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सुनचाँदी व्यवसायीका समस्यामा राज्य मौन : सुनचाँदी व्यवसायी



बुटवल । नेपालमा सुनचाँदी व्यवसायीलाई सरकारले अहिले पनि व्यवस्थित बनाउन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन । कोभिड महामारीपछि नेपालका सुनचाँदी व्यवसायमा ठूलो मार परेको भन्दै यसलाई पुर्नउत्थान गर्ने र व्यवसायीका बर्षोदेखिको समस्या सम्बोधन गर्नतर्फ सरकार मौन रहेको उनीहरुको आरोप छ ।

रुपन्देही सुनचाँदी व्यवसायी संघको तिलोत्तमा मंगलापुरमा शनिबार भएको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा बोल्ने वक्ताहरुले सरकारले सुनको कोटा प्रणालीमा २० केजीबाट घटाएर १० केजी बनाएको भन्दै आक्रोश पोखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दैै पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता छविलाल विश्वकर्माले सुनचाँदी व्यवसाय नेपालको बिशिष्ट प्रकारको पेशा व्यवसाय भएकाले यसको संरक्षण र प्रवद्र्धनमा सरकार सहयोगी बन्नुपर्ने बताए । उनले सुनचाँदी व्यवसायीहरुले भोगेका समस्यालाई सम्बोधन गर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न ब्रज्रचार्यले सुन व्यवासय अन्य पेशा व्यवसाय भन्दा फरक भएकाले सरकारले छुट्टै निति बनाएर समस्या संम्वोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम विश्वकर्माले अध्यक्षको प्रतिवेदन पेश गर्दै आफ्नो कार्यकालमा व्यवसायीको पक्षमा काम गरेको बताउँदै नितिगत अप्ठ्याराहरु अझै कायमै रहेको बताए ।

उक्त अवसरमा पत्रकारिता क्षेत्रबाट सहयोग गरेको भन्दै पत्रकार विनोद परियार र फूलू सुनारलाई सम्मान गरिएको थियो । संघका प्रेस सल्लाहाकार समेत रहेका परियारलाई नगद सहित सम्मान गरिएको थियो भने पत्रकार सुनारलाई सम्मान पत्रले सम्मान गरिएको थियो । पूर्वमन्त्री एंव नेकपा एमालेका नेता छविलाल विश्वकर्मा र संघका अध्यक्ष एम वि विश्वकर्माले उनीहरुलाई सम्मानित गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : ४८ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ