४ पुस २०८२, शुक्रबार | December 20, 2025

पत्रकार महासंघको केन्द्रीय समितिको मनोनयन दर्ता, अध्यक्षमा ५ जनाको उम्मेदवारी (सम्पूर्ण नाम सहित)



बुटवल । पत्रकार महासंघको केन्द्रीय समितिका लागि परेको उम्मेदवारीको प्रारम्भिक नामावली महासंघको निर्वाचन समितिले प्रकाशन गरेको छ ।

निर्वाचन समितिले प्रकाशन गरे अनुसार अध्यक्ष पदमा ५ जनको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा ४ जना, महिला उपाध्यक्षमा २ जना, समावेशी उपाध्यक्षमा ५ जना, महासचिवमा ४ जना, सचिव खेल्लामा ६ जना, सचिव महिलामा २ जना, सचिव आदीबासी जनजातीमा ३ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरि सचिव मधेसीमा ४ जना, सचिव दलितमा ५ जना, सचिव एशोसियतमा ६ र कोषाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ ।

प्रदेशबाट केन्द्रीय सदस्य पदमा प्रदेश नम्बर १ बाट ६ जना, प्रदेश नम्बर २ बाट ७ जना, बागमती प्रदेशबाट ७ जना, गण्डकी प्रदेशबाट ७ जना, लुम्बिनी प्रदेशबाट १० जना, कर्णाली प्रदेशबाट ७ जना र सुदुर पश्चिम प्रदेशबाट ५ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरि उपत्यका प्रदेशबाट ८ जना, प्रतिस्थान प्रदेशबाट ७ जना, संस्थागतबाट ५ जना, खुल्लाबाट २७ जना, मधेसी महिलाबाट ३ जना, आदीबासी जनजातीबाट २ जना, महिला खस आर्यबाट ६ जना, महिला सदस्य दलितबाट ३ जना, आदीबासी जनजाती (१ महिला अनिवार्य)बाट ६ जना, दलित(१ महिला अनिवार्य) बाट ९ जना, मधेसी (१ महिला अनिवार्य)बाट ७, सदस्य अपाङ्ता बाट ४ जना तथा सदस्य अल्पसंख्यतबाट २ जनाको उम्मेदवारी परेको छ ।

महासंघको लेखा समिति संयोजकमा ३ जना, सदस्य खुल्ला तर्फ ३ जना, लेखा समिति महिला तर्फ ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन समितिले चैत्र १७ गते दिउँसो २ बजे सम्म दाबी बिरोधको समय तोकेको छ भने १७ गते दिउँसो ३ बजे सम्ममा फिर्ता लिन चाहने उम्मेदवारहरुले उम्मेदवारी फिर्ताको समय दिईएको छ । १७ गते सांझ ६ बजे केन्द्रका लागि दरखास्त दिएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रेस युनियनको अगुवाईमा १२ वटा दल निकट पत्रकारहरुको संगठनले बिपुल पोखरेलको अध्यक्षतामा प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् भने प्रधानमन्त्री ओली निकट प्रेस चौतारीको नेतृत्वमा प्रेस मञ्च, बिप्लप पक्षको जनपत्रकार संघले प्यानल सहित उम्मेदवारी दर्ता गराएको छ ।

एमाले निकट प्रेस चौतारी र विप्लव नेतृत्वको नेतृत्वको नेकपा निकट जनपत्रकार संघ बिभाजित अवस्थामा उम्मेदवारी दर्तामा सामेल भएका छन् ।

चैत्र २५ गते देशभरका शाखाहरुबाट महासंघका सदस्यहरुले मतदान गर्ने छन् ।

उम्मेदवारको विवरण  :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/notice_fnj.pdf”]

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको