११ चैत्र २०८२, बुधबार | March 26, 2026

उपत्यकाको ट्राफिक व्यवस्थापन अत्यन्त कडाई, १२ बजे सम्म ६८५ सवारी साधनमाथि कारवाही, ४२१ मोटरसाईकल होल्डमा राखियो



काठमाडौँ । तपाई काठमाडौमा सवारी साधन लिएर घर देखि बाहिर निस्कँदै हुनुहुन्छ ? एकपटक पर्स हेर्नुहोस् त । लाईसेन्स, सवारी साधनको ब्लु बुक त छ नी ? हो, अव ऐना हेर्नु होस् । मास्क त लगाउनु भएको छ नी ? छैन भने मास्क लगाई हाल्नुहोस् । अव आफ्नो सवारी साधनको साईड लाईट, हेड लाईट पनि चेक गर्नु होस् । सबै दुरुस्त छ भने तपाई अव घरबाट निस्कन सक्नु हन्छ । यदी यी सबै मापदण्ड पुरा छैनन् भने तपाई घरबाट ननिस्केकै राम्रो । किनकी उपत्यकाका प्रत्यक पाईलामा प्रहरी चेकिङ चलिरहेको छ ।

होली पर्वमा हुने अवान्छित गतिबिधि र सवारी दुर्घटना न्युनिकरण गर्ने भन्दै राजधानीमा ट्राफिक ब्यवस्थापनलाई अत्यन्त कडा पारिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा सवारी चेकजाँचमा कडाइ गर्दै ७६ बढी स्थानमा मात्र पोष्ट नै खडा गरेर सवारी चेकजाँच सुरु गरेको छ ।

होलीमा अवाञ्‍छित गतिविधि हुन नदिन तथा कोरोनाबाट सतर्कता अपनाउन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाका ७६ बढी स्थानमा चेकजाँचको पोष्ट खडा भएकाछन् र उपयूक्त स्थानमा मातहतका निमायलाई थप चेकजाँच कडा गर्न पनि भनेका छौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक जनक भट्टराईले बताए । सवारी चेकजाँचका लागि मात्र उपत्यकामा ८ सय बढी प्रहरी परिचालन भएको उनले बताए ।

आज बिहानै बाट गरिएका कडाईपछि ६८३ वटा सवारी साधन कारवाहीमा परेका छन् भने ४ सय २१ थान मोटरसाईकल होल्डमा राखिएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । आजको प्रहरी कारवाहीमा १७ वटा चार पाङ्ग्रे सवारी साधन होल्डमा राखिएको र २२ जना मादक पदार्थ सेवन गरि सवारी चलाउने सवारी चालकलाई पक्राउ गरिएको महानगरिय ट्राफिकका प्रहरी निरिक्षक दिपेश दाहालले जानकारी दिए । मादक पदार्थ सेवन गरि होहल्ला गर्ने, जबर्जस्ती रङ्ग लगाउने, सडकमा अनियसन्त्रत सवारी हाँक्ने, ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याईएको उनले बताए । आज मध्यान्ह १२ बजे सम्म ८ वटा दुर्घटना भएको समेत उनले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  २ : ०२ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई