१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना बढ्ने त्रास



काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन ।

फागु मनाउने क्रममा काठमाडाँँैका वसन्तपुर, नयाँ बानेश्वर, चाबहिल, भक्तपुर लगायतका क्षेत्रमा भीडभाड भएपछि सम्बन्धित निकाय र विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाउन गरिएको आग्रहलाई बेवास्ता गर्दै फागु खेलिएकाले कोरोना सङ्क्रमण बढ्ने चेतावनी विशेषज्ञले दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भोलिका दिनमा कोरोना सङ्क्रमित बढ्न सक्ने चेतावनी दिए ।

डा. अधिकारीले भारतमा दोस्रो लहर देखिएको भन्दै नेपाल पनि त्यत्तिकै जोखिममा रहेको जानकारी दिए । उनले भारतसँग नेपालको खुला सीमा रहेकाले पनि मानिस सामान्य रूपमा आवतजावत गर्नसक्ने भन्दै नेपाल कोरोनाको उच्च जोखिममा रहेको जानकारी गराए ।

डा. अधिकारीले भने, “पछिल्ला दिनमा ५० को सङ्ख्यामा देखिएको कोरोना बढेर १८० सम्म पुगेको छ, भोलिका दिनमा दैनिक एक हजारसम्म पुग्न सक्छ, त्यसैले सचेत हुनु जरुरी छ ।” डा. अधिकारीले स्वास्थ्य मन्त्रालयले चाडपर्वका नाममा भीडभाड नगर्न आग्रह गर्ने तर त्यसको नियमक निकाय गृह प्रशासन भएकाले भीडभाड नियन्त्रण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको नभएको जानकारी गराए ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले होलीका नाममा भएको भीडभाडले सङ्क्रमण बढ्न सक्ने खतराका रूपमा देखापर्ने बताए । डा. पुनले सुपर स्पे्रडर (धेरै व्यक्तिलाई सङ्क्रमित गराउन सक्ने व्यक्ति) उक्त होलीको कार्यक्रममा भएको भए त्यसले अन्य सयौँ व्यक्तिलाई कोरोना फैलाउन सक्ने सम्भावना रहेको जानकारी पनि दिए ।

सरुवा रोग विशेषज्ञ डा. पुनले भारतमा दैनिक ६० हजारभन्दा बढी सङ्क्रमित देखिनुमा सुपर स्प्रेडरको हात रहेको भन्दै भारतमा दोस्रो लहर आएको दाबी गर्नुभयो । नेपालमा अहिले नै दोस्रो लहर भन्न मिल्ने अवस्था नरहेको दाबी गर्दै भोलिका दिनमा कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिए ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिनहुँ कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण बढ्दै जाँदा थप चिन्ता भएको भन्दै मानिसले कोरोना सङ्क्रमणलााई सामान्य रूपमा लिनु उचित नभएको बताए ।

डा. गौतमले पछिल्लो समय शिक्षण संस्था सङ्क्रमणको हटस्पट बन्दै गएको बताए । उनले कोरोना सङ्क्रमण भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अधिकांश कलेजमा पढाउने शिक्षक र होटलमा काम गर्ने कर्मचारी र तराईबाट रिफर गरी पठाइएका बिरामी रहेको जानकारी दिए । गौतमले ‘धेरै शैक्षिक संस्थामा अनिवार्य मास्कको लगाउने, हात धुने तथा सामाजिक दूरी कायम गर्ने काम नभएकाले समस्या भएको बताए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ०० बजे

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति