२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोरोना बढ्ने त्रास



काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन ।

फागु मनाउने क्रममा काठमाडाँँैका वसन्तपुर, नयाँ बानेश्वर, चाबहिल, भक्तपुर लगायतका क्षेत्रमा भीडभाड भएपछि सम्बन्धित निकाय र विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाउन गरिएको आग्रहलाई बेवास्ता गर्दै फागु खेलिएकाले कोरोना सङ्क्रमण बढ्ने चेतावनी विशेषज्ञले दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भोलिका दिनमा कोरोना सङ्क्रमित बढ्न सक्ने चेतावनी दिए ।

डा. अधिकारीले भारतमा दोस्रो लहर देखिएको भन्दै नेपाल पनि त्यत्तिकै जोखिममा रहेको जानकारी दिए । उनले भारतसँग नेपालको खुला सीमा रहेकाले पनि मानिस सामान्य रूपमा आवतजावत गर्नसक्ने भन्दै नेपाल कोरोनाको उच्च जोखिममा रहेको जानकारी गराए ।

डा. अधिकारीले भने, “पछिल्ला दिनमा ५० को सङ्ख्यामा देखिएको कोरोना बढेर १८० सम्म पुगेको छ, भोलिका दिनमा दैनिक एक हजारसम्म पुग्न सक्छ, त्यसैले सचेत हुनु जरुरी छ ।” डा. अधिकारीले स्वास्थ्य मन्त्रालयले चाडपर्वका नाममा भीडभाड नगर्न आग्रह गर्ने तर त्यसको नियमक निकाय गृह प्रशासन भएकाले भीडभाड नियन्त्रण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको नभएको जानकारी गराए ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले होलीका नाममा भएको भीडभाडले सङ्क्रमण बढ्न सक्ने खतराका रूपमा देखापर्ने बताए । डा. पुनले सुपर स्पे्रडर (धेरै व्यक्तिलाई सङ्क्रमित गराउन सक्ने व्यक्ति) उक्त होलीको कार्यक्रममा भएको भए त्यसले अन्य सयौँ व्यक्तिलाई कोरोना फैलाउन सक्ने सम्भावना रहेको जानकारी पनि दिए ।

सरुवा रोग विशेषज्ञ डा. पुनले भारतमा दैनिक ६० हजारभन्दा बढी सङ्क्रमित देखिनुमा सुपर स्प्रेडरको हात रहेको भन्दै भारतमा दोस्रो लहर आएको दाबी गर्नुभयो । नेपालमा अहिले नै दोस्रो लहर भन्न मिल्ने अवस्था नरहेको दाबी गर्दै भोलिका दिनमा कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिए ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिनहुँ कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण बढ्दै जाँदा थप चिन्ता भएको भन्दै मानिसले कोरोना सङ्क्रमणलााई सामान्य रूपमा लिनु उचित नभएको बताए ।

डा. गौतमले पछिल्लो समय शिक्षण संस्था सङ्क्रमणको हटस्पट बन्दै गएको बताए । उनले कोरोना सङ्क्रमण भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अधिकांश कलेजमा पढाउने शिक्षक र होटलमा काम गर्ने कर्मचारी र तराईबाट रिफर गरी पठाइएका बिरामी रहेको जानकारी दिए । गौतमले ‘धेरै शैक्षिक संस्थामा अनिवार्य मास्कको लगाउने, हात धुने तथा सामाजिक दूरी कायम गर्ने काम नभएकाले समस्या भएको बताए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ०० बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा