१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

चीनद्वारा नेपाललाई कोरोना विरुद्धको खोप हस्तान्तरण



काठमाडौं । कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गरेकी हुन् । राजदूत यान्छीले नेपाललाई उपलब्ध गराएको खोपसम्बन्धी दस्ताबेज पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेकी हुन् ।

त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहयोगले नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप मजबुद बनाएको बताएका छन् ।

यसैगरी राजदूत यान्छीले भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने राष्ट्रपति सी चिनफिङको प्रतिबद्धताको कार्यान्वयन भएको बताएकी थिइन् । यान्छीले
खोप हस्तान्तरण कार्यक्रम नेपाल र चीनबीच जनताको स्वास्थ्यप्रतिको प्रतिबद्धताको प्रतिकसमेत रहेको धारणा राखेकी थिइन् ।

चिनियाँ अनुदानको खोप आजै बिहान नेपाल एयरलाइन्सको विमानले बेइजिङबाट काठमाडौं ल्याएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : १९ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई