४ बैशाख २०८१, मंगलबार | April 16, 2024

जेष्ठ नागरिकलाई आएको खोपमा ‘बलियाबाङ्गा’ पहुँचवालाको रजाँई



बुटवल । देविनगरका ६६ वर्षिय युवराज कुवर कोभिड खोप लगाउन गत जेठ २५ गते बिहानै साढे १० बजे देविनगर स्थित स्वास्थ केन्द्र पुगेका थिए । छाता भुँईमा टेकाएर लामो लाईनमा बसेका कुँवरले लाईनमै बसेर बल्लतल्र्ल परिचयपत्र पनि बुझाए । केन्द्रमा खोप लगाउन पनि सरुभयो । नाम आउला र खोप लगाउला भन्दै कान टाठो पारे झण्डै ४ घण्टा जेठको घाममा उभिएका कुँवरको पालो भने आएन । कसैले उनको नाम पुकारेनन् । घडिमा साढे ४ बज्यो, लाईनमै उभिईरहेका जेष्ठनागरिकलाई कसैले आएर भनिदियो आजको लागि आएको खोप सकियो । उनी परीचयपत्र फिर्ता लिएर लुरुलुरु घर फर्किए ।

खोप लगाउन नपाएर निरास देखिएका कुँवरले घर फर्कनु अघि पहुच नभई सुई नपाईने रहेछ भन्दै एक्लै गुनगुनाए । लाईनमा नबसेका धेरै कम उमेरकाहरुले सिधै खोप केन्द्रमा खोप लगाउदै हिडिरहेको कुँवरले टुलुटुलु हेरिरहे, तर बोल्न सकेनन् । उनको बुढो ज्यान कर्मचारीभएको ठाँउसम्म पुगेर प्रतिबाद गर्न सकेनन् । ‘नियम कानुन कमजोर र निर्धालाई रहेछ ।’– उनले भने ।

खोप केन्द्रमा बुबा ओमप्रसाद अर्याललाई लिएर साढे ९ बजे खोप लगाउन पुगेका देविनगर पुगेका होराईजन चोकका बालकृष्ण अर्याल पनि दिनभरी बुवाको परिचयपत्र बुझाएर नाम बाmोउने प्रतिक्षामा बसे, तर बुवामा नाम नबोलाउँदै खोप सकिएको सुचना आयो र बुवालाई खोप नलगाई उनी बुवालाई लिएर फर्के । खोप केन्द्रबाट निस्कँदै गर्दा खोपमा मनोमानी भएको उनले दुखेसो पनि पोख्दै थिए । बिहान ९ बजे केन्द्रमा गएका उनी साढे ४ बजेपछि बिनाखोप फर्किएको खोप नलगाई फर्कनुपरेको बताए । ‘परिचयपत्र जम्मा गरे अनुसार खोप पुग्ने अनुमान भएर कुरेर बस्यौ ।’– उनले भने, तर परिचयपत्र जम्मा गरेको वृद्ध वृद्धाहरुले खोप नै पाएनन। उनले दुखेसो गरे । वृद्धवृद्धाको अधिकार हनन हुने गरि जनप्रतिनिधिहरुले नै काम गरेको उनले आरोप लगाए । भित्रभित्र चिनेजानेका र कम उमेरकाहरुले नै खोप लगाएको उनले बताए ।

देविनगरमा जस्तै कान्ति मावि खोप केन्द्रमा खोप लगाउन पुगेका धेरै वृद्धवृद्घाहरु पनि पिडा उस्तै थियो । उनीहरु मध्य धेरै जेष्ठ नागरिकले पनि कान्ति माबी केन्द्रबाट निधारमा पसिना चुहाउँदै घण्टौं लाईनमा बसेर खोप नलगाई फर्केका थिए । पालो कुरेका वृद्धवृद्घाहरुलाई खोप सकियो भनेपछि केन्द्रमा केहिबेर बिबाद पनि भएको थियो । हेर्दाहेर्दै बलियाबाङ्गाहरुले खोप लगाएर गएको र आफुहरुले खोप लगाउन नपाएको भन्दै केहि जेष्ठनागरिकले प्रतिबाद गरेपछि खोप केन्द्रमा खोप मगाएर प्रतिबाद गरेका केहि जेष्ठ नागरिकलाई खोप लगाईएको थियो । खोप सकियो भनेपछि धेरै जेष्ठ नागरिक खोप नलगाई फर्केका थिए ।

सकि नसकि कर्मचारीहरुलाई थर्काएपछि कालिकानगरकी ७७ वर्षिया ईन्द्रकला सुवेदीले भने पछि मगाईएको खोपबाट खोप लगाउन पाईन् । बिहान साढे ९ बजेबाट लाईन बसेका ईन्द्रकलाले साढे ४ बजे बल्लतल्ल खोप लगाएको बताईन् । ‘झपडको स्थिति आएपछि कताबाट हो फेरि खोप निकाले ।’ उनले भनिन् – ‘नेपालमा नियम कानुन नै छैन ।’ साेही खाेप केन्द्रमा कालिकानगरका मोहनसिह थापा र उनको श्रीमतिले समेत निक्कै कष्ट गरेर खोप लगाएका थिए ।

कोरोना महामारीमा स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई संक्रमित भएको अवस्था बाहेक अन्य अवस्थामा बिदा नदिने स्वास्थ्य मन्त्रालयले निर्देशन गरेपनि खोपको अनियमितताका बिष्यामा बुझ्न खोज्दा देविनगर स्वस्थ्य चौकीका ईन्जार्ज हस्त हिताङले आफू बिदामा रहेको बताए । उपमहानगरबाट टोलि आएर खोप लगाएको भन्दै उनले उम्कन खोजे ।

चिनियाँ अनुदानको खोप नेपाल भित्रियसँगै सरकारले २५ गतेबाट ६२ वर्षबाट ६४ वर्ष सम्मका जेष्ठ नागरिकलाई खोप दिने नीति बनाएको थियो । मन्त्रालयबाट सोही अनुसारको परिपत्र आएपनि जिल्ला जिल्लामा फरक फरक ढंगले खोप लगाउने बिधि बनाईयो र मन्त्रालयले बिधि परिमार्जन गर्दै अग्रपङ्तीमा काम गर्ने तर अघिल्लो खोप अभियानमा छुटेकाहरुलाई पनि खोप दिने नीति बनायो । मन्त्रालयको पछिल्लो नीतिलाई दुरुपयोग गर्दै खोप केन्द्रहरुमा जनप्रतिनिधिका नातागोता, स्वास्थ्यकर्मीका भाईभारदार र पहुँचवाला दलका नेताजीहरुले धमाधम् खोप लगाए ।

बुटवल उपमहानगरपालिकालाई स्वास्थ्य कार्यालयले उपमहनगरमा भएको जेष्ठ नागरिकको संख्याका आधारमा ३५८१ डोज खोप उपलब्ध गराएको थियो । मन्त्रालयले ६२ देखि ६४ वर्ष समूह तोकेर पठाएपनि बुटवलमा १०० वर्ष सम्मका जेष्ठ नागरिकलाई पनि खोप दिईएको थियो । उपमहानगरमा मात्र ३१४९ जना जेष्ठ नागरिकले खोप लगाएको उपमहानगरका शिक्षा तथा स्वास्थ्य शाखा प्रमुख मित्रमणी खनालले बताए । अघिल्लो खोप अभियानमा कोरोना भएका कारण लगाउन नपाएका र छुट भएका जेष्ठ नागरिकलाई पनि खोप दिईएको उनले बताए । खनालका अनुसार काठमाडौमा भेरोसेलको पहिलो डोज लगाएका ३० जनाले बुटवलमा भेरोसेलको दोस्रो डोज लगाएका छन् भने बुटवलमा ४१२ जनाले स्वास्थ्यकर्मीका नाममा खोप लगाएका छन् ।

उपमहानगरका सुचना अधिकारी समेत रहेका खनालले उपमहानगरभित्र ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकहरुको संख्या भने बताउन सकेनन् । उनले सकेसम्म सबै जेष्ठ नागरिकले खोपको सुबिधा पाउन भने ६२ माथिका सबैलाई खोप दिने नीति लिएको बताए ।

त्यसो त खनालले अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको काउन्सिलमा दर्ता, परिचयपत्र र कार्यरत स्वास्थ्यसंस्थाका पत्रका आधारमा खोप दिएको दाबी गरेपनि बुटवल उपमहानगरकै कतिपय केन्द्रहरुमा दलका नेताहरु, मापदण्डमा नपर्ने पहुँचवालाहरुले खोप लगाएको पुष्टि भईसकेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ०४ बजे

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिदै

बुटवल । लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत

धूम्रपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगन्ज

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र

‘एक पैसा कहिलेलाई ? बागलुङ्को चैतेदसैँलाई….’

बागलुङ । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सामाजिक विकास कार्यालय, डोल्पाका

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले