२६ असार २०८२, बिहिबार | July 10, 2025

साउनदेखि सामाजिक सुरक्षा भत्ता बढाउछु : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाभत्ता साउनदेखि बढाउने घोषणा गरेका छन । ‘सरकार बनाउनेबित्तिकै पहिलो बजेटमा वृद्धभत्ता किन बढाइएन ? यो किन गरिएन ? त्यो किन गरिएन भनेर धुम मच्चाइयो’, काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘गत बजेटमै बढायौं । सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रै काम गर्‍यौं ।’

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा कसैलाई आपत्ति हुन सक्ने बताए । ‘अब कसैलाई आपत्ति लाग्ला । बूढाबूढी पनि हेर्न थाल्यो, अपांग हेर्न थाल्यो । यो सरकार छिटो हटाउनुपर्‍यो। मान्छेहरूलाई भरैबाट यो छटपटी हुन्छ । निद्रा लाग्दैन’, ओलीले भने ।

ओलीका अनुसार पूर्व-पश्चिम रेलमार्गको छिट्टै शिलान्यास गरिनेछ । बर्दिवास जयनगर रेल सेवा सञ्चालनको तयारी छ । केरुङ काठमाडौं, काठमाडौं रक्सौल जोड्ने रेलमार्ग निर्माण हुने ओलीले बताए ।

उनले देशमा विकास तीव्ररूपमा भइरहेको उल्लेख गर्दै दैनिक १० किलोमिटर सडक बनिरहेको दाबी गरे । हुम्लाबाहेक सबै जिल्ला सदरमुकाममा सडक पुगिसकेको उनले सुनाए । हुम्ला सदरमुकामलाई छिट्टै सडक सञ्जालले छुने जानकारी उनले दिए । उनले प्रत्येक स्थानीय तहको केन्द्रमा पक्की सडक विस्तार गर्ने अभियान थालिएको बताए ।

उनका अनुसार पाँच हजार विद्यालय पूर्वाधार विकासमा पाँच अर्ब वितरण गरिनेछ । शिक्षा र स्वास्थ्य क्षेत्रको विकास तीव्र रूपमा भइरहेको उनले बताए । हुलाकी राजमार्गको पनि ९० प्रतिशत काम सकिएको उनको भनाइ थियो । उनले समृद्धि नारा मात्र नभएर सरकारको गन्तव्य भएको बताए ।

उनले कोरोनाविरुद्धको खोप सम्पूर्ण जनतालाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याए । ‘सरकारले निःशुल्क पीसीआर परीक्षण गरायो, कोरोनाको उपचार गरिरहेको छ । सम्पूर्ण जनतालाई निःशुल्क खोप उपलब्ध गराउने भनेर घोषणा पनि गरिसकेको छ’, उनले भने ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उल्टापाल्टा कुरा नगर्न आग्रह गरे । पार्टी एकताकै बेकारको कुरा डबलीमा गर्दै हिँडेको उनको भनाइ थियो ।

नेकपा खारेज गरेको विषयमा दाहालले सर्वोच्च अदालतमा दिएको पुनरावेदनप्रति संकेत गर्दै ओलीले अदालतले पार्टी मिलाइदिने हो र भन्ने प्रश्न गरे। उनले निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्न सुझाए । ‘निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्न कसले रोकेको छ ?’, रिपोर्टर्स क्लबको कार्यक्रममा ओलीले भने, ‘अनि अदालतमा पार्टी एउटै गरिपाऊँ भन्ने ? अदालतले गरिदिने हो पार्टी एकता ? पार्टी मिलाइदिने काम अदालतको हो ?’ ऋषि कट्टेललाई अदालतले न्याय दिएको उनले बताए ।

उनले आफू नेतृत्वको सरकारले जनपक्षीय काम गर्दा हटाउन खोजेको आरोप लगाए । विकास र जनताका पक्षमा राम्रा काम गरेकाले विपक्षी आत्तिएको उनको भनाइ थियो । उनले आफू प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए । भने, ‘मिडियालाई बन्देज गर्ने, रोक्ने, न्यून गर्ने कुनै योजना छैन ।’

उनले देश चुनावमा जाँदा कसरी लोकतान्त्रिक गणतन्त्र खतरा पर्‍यो भन्दै प्रश्न गरे । ‘संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा छ रे ! कहीँकतैबाट खतरा आएको देख्दिनँ । निर्वाचन भएर खतरामा पर्छ भने अबको २० महिनामा निर्वाचन हुन्छ नै’, उनले भने, ‘कोही मान्छेले राजनीतिलाई धमिल्याउने काम गरिरहेका छन ।’

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरतर्फ हेर्दै ओलीले भने, ‘म पनि महन्थजीको पार्टी मिलाइपाऊँ भनेर निवेदन हाल्छु । उहाँ र म नमिल्ने अनि अदालतमा गएर मिलाइपाऊँ भन्ने कुनै राजनीति भयो ?’

उनले अहिले मुलुकमा कुनै संकट नरहेको दाबी गरे । ‘देश संकटमा छ भनेर गलत प्रचार भइरहेको छ । खै कहाँ छ संकट ? जनतालाई संकट छ कि किसानलाई संकट छ कि ? तर म त कहीँ संकट देख्दिनँ’, उनले भने, ‘देउवा, प्रचण्ड र माधवजीहरूलाई संकट परेको होला । तर देशलाई र संविधानलाई संकट छैन ।’ उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ६ : ४९ बजे

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा

एनपिएल आयोजनाको तयारीमा लाग्न राखेपलाई प्रधानमन्त्रीको निर्देशन

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खडका

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा मनसुनजन्य विपद्का