२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

प्रधानमन्त्री ओलीको गृहजिल्लामा कोठी सञ्चालन ! २ जना पक्राउ ८ जनाको उद्दार



झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा ब्यवसायीकरुपमा वेश्याबृत्ती गर्ने उद्देश्यले कोठी सञ्चालन भएको खुलासा भएको छ । झापाको दमक नगरपालिकामा महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेपछट जिल्लामा कोठी सञ्चालनमा रहेको खुलासा भएको हो ।

धन्दामा लगाईएका ८ जना महिलाको उद्दार गरिएको छ भने कोठा भाडामा लिई वेश्याबृत्ती गराउने मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका २ जनाले दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापामार्दा धन्दा गराउने महिला सहित स्थानीय आठ महिला फेला परेका थिए ।

प्रहरीका अनुसार आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १२ : ३७ बजे

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप

निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौं । बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’, कटाउनेले कति पाए ?

काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये