१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लिग फुटसल छनौट चरण रुपन्देहीमा



बुटवल । अखिल नेपाल फुटबल संघको आयोजनामा विहिबारदेखि ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश छनौट चरणको खेल शुरु हुने भएको छ ।

सनराईज स्पोर्टस फुटबल एरिना भलबारीमा हुने प्रतियोगितामा ३ प्रदेशका ८ टिम बिच छनौट खेल हुने बुधबार पत्रकार सम्मेलन गरि आयोजक एन्फा फुटबल प्रमुख बिनोद गुरुङले बताए ।

फाईनलमा बिजेता टिमले नगद १० लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुस्कृत हुने उनले बताए ।

प्रदेश छनौट प्रतियोगितामा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भुमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देही बिच ३ दिनसम्म छनौट खेल हुनेछ । यसअघि नै प्रदेश १ मा भएको ८ टिम बिचको छनौट खेलबाट विजेता र उपविजेता दुई टिम छनौट भैसेका छन ।

यसैगरि प्रदेश ३ मा हुने छनौट खेलबाट ४ टिम र प्रदेश ४ बाट २ वटा गरि फाईनलमा १० टिम हुने उनले बताए । छनौट भएको १० टिमले जनही १ लाख रुपैयाका दरले क्लब ब्यवस्थापन र यातायात खर्च प्राप्त गर्नेछन । भने लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोलि चयन हुनेछ । यसैगरि पाच जना विधागत खेलाडी, प्रशिक्षकलाई नगद २५ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा एन्फाका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी, एन्फा लिग कमिटि सदस्य दयाराम सापकोटाले फुटसल खेलको आकर्षणलाई मध्येनजर गरि कार्यक्रम गर्न लागेको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ०७ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु