७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

विश्वकपको युरोपियन छनोट : इटालीको लगातार तेस्रो जित



काठमाडौं । इटालीले विश्वकपको युरोपियन छनोट फुटबलमा लगातार तेस्रो खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा इटालीले लिथुनियालाई पराजित गरेको हो ।

समूह ‘सी’ मा रहेको लिथुनियालाई उसैको मैदानमा इटालीले २-० गोलअन्तरले पराजित गरेको हो । इटालीको जितमा स्टेफानो सेन्सी र सिरो इम्मोबिलले गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो ।

खेलको ४७ औं मिनेटमा स्टेफानोले गोल गर्दै इटालीलाई दोस्रो हाफको सुरुमै अग्रता दिलाए । खेलको अतिरिक्त समयमा इम्मोबिलले पेनाल्टीबाट गोल गर्दै इटालीलाई २-० गोलको जित दिलाए ।

समूह ‘सी’ मा नै रहेको अर्को खेलमा बुल्गेरिया र नर्थन आयरल्यान्डले भने गोलरहित बराबरी खेलेका छन । इटालीको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा इटालीले नर्थन आयरल्यान्डलाई २-० र दोस्रो खेलमा बुल्गेरियालाई पनि २-० गोलअन्तरले नै पराजित गरेको थियो ।

जितसँगै इटालीले तीन खेलबाट ९ अंक बनाएको छ । स्वीट्जरल्यान्डको भने दुई खेलबाट ६ अंक छ । त्यस्तै, दुई खेल खेलेको नर्थन आयरल्यान्ड र तीन खेल खेलेको बुल्गेरियाको समान १-१ अंक हुँदा दुई खेल खेलेको लिथुनिया भने अंक बिहीन छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ६ : ५६ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२