१२ असार २०८३, शुक्रबार | June 26, 2026

विश्वकपको युरोपियन छनोट : इटालीको लगातार तेस्रो जित



काठमाडौं । इटालीले विश्वकपको युरोपियन छनोट फुटबलमा लगातार तेस्रो खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा इटालीले लिथुनियालाई पराजित गरेको हो ।

समूह ‘सी’ मा रहेको लिथुनियालाई उसैको मैदानमा इटालीले २-० गोलअन्तरले पराजित गरेको हो । इटालीको जितमा स्टेफानो सेन्सी र सिरो इम्मोबिलले गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो ।

खेलको ४७ औं मिनेटमा स्टेफानोले गोल गर्दै इटालीलाई दोस्रो हाफको सुरुमै अग्रता दिलाए । खेलको अतिरिक्त समयमा इम्मोबिलले पेनाल्टीबाट गोल गर्दै इटालीलाई २-० गोलको जित दिलाए ।

समूह ‘सी’ मा नै रहेको अर्को खेलमा बुल्गेरिया र नर्थन आयरल्यान्डले भने गोलरहित बराबरी खेलेका छन । इटालीको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा इटालीले नर्थन आयरल्यान्डलाई २-० र दोस्रो खेलमा बुल्गेरियालाई पनि २-० गोलअन्तरले नै पराजित गरेको थियो ।

जितसँगै इटालीले तीन खेलबाट ९ अंक बनाएको छ । स्वीट्जरल्यान्डको भने दुई खेलबाट ६ अंक छ । त्यस्तै, दुई खेल खेलेको नर्थन आयरल्यान्ड र तीन खेल खेलेको बुल्गेरियाको समान १-१ अंक हुँदा दुई खेल खेलेको लिथुनिया भने अंक बिहीन छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ६ : ५६ बजे

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ