१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बुटवल अटो इन्जिनियरिङ्ग एशोसियसनले रजतजयन्ती मनाउदैं



बुटवल । बुटवल अटो इन्जिनियरिङ्ग एशोसियसनले २५ औं वर्ष प्रवेशका अवसरमा रजतजयन्ती समारोह तथा वार्षिक साधारणसभा मनाउने भएको छ ।

संस्थाले यही चैत २० गते त्यस्तै बिहान १० बजेदेखि उद्घाटन समारोहको कार्यक्रम सुरु गर्ने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले गर्नेछन् । संस्थाले रजत जयन्तीका लागि १७ वटा उपसमितिहरु गठन गरेको छ ।

संस्थाका अध्यक्ष बाबुबाल पाण्डेको संयोजकत्वमा उत्कृष्ट व्यवसायी, उत्कृष्ट विद्यार्थी सम्मान, उद्योग उपाध्यक्ष कृष्णप्रसाद न्यौपानेको संयोजकमा रक्तदान कार्यक्रम, मायाको चिनो एवं क्यालेण्डर प्रकाशन, वाणिज्य उपाध्यक्ष बाबुराम आचार्यको संयोजकमा आर्थिक विभाग उपसमिति, स्वयंसेवक परिचालन तथा ¥याली व्यवस्थापन गर्ने भएका छन् ।

त्यस्तैगरी संस्थाका महासचिव तुल्सीराम न्यौपानेको संयोजकमा प्रचारप्रसार, निमन्त्रणा एवं २५ वर्ष प्रवेशका अवसरमा रजत जयन्ती डाइरेक्टरी प्रकाशन गर्ने, सचिव धु्रवराज भुसालको संयोजकमा स्वागत गेट स्टेज, साउण्ड सिस्टम तथा ब्यानर, सूर्यप्रसाद सुवेदीको संयोजकत्वमा रंगरोगन तथा सजावट गर्ने भएका छन् ।

त्यस्तै गरी चिन्तामणि खनालको संयोजकमा अतिथि सत्कार तथा आवास व्यवस्थापन, पोषराज अर्यालको संयोजकमा चियानास्ता तथा खाना, देवीकला पौडेलको संयोजकमा सरसफाई उपसमिति अभियान, पूजा गैरेको संयोजकमा साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी दिनेश थापाको संयोजकत्वमा ग्रिनलाइन वृक्षारोपण, राजेशकुमार जोशीको संयोजकत्वमा बेबारिसे रुपमा रहेका सवारीहरु व्यवस्थापन गर्ने, लेखा सदस्य रोशन पाण्डेको संयोजकत्वमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको संस्थाका अध्यक्ष बाबुलाल पाण्डेले बताए ।

त्यस्तै गरी रजत जयन्तीका अवसरमा तीन दिनसम्म दीप प्रज्वलन गरी मनाउने भएका छन् । रजत जयन्तीका अवसरमा यसअघि उद्योग उपाध्यक्ष कृष्ण प्रसाद न्यौपानेको संयोजकमा २ सय ४२ युनिट रगत संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न भैसकेको छ ।

त्यस्तै सप्ताहव्यापी सरसफाई कार्यक्रम समेत सम्पन्न भैसकेको छ । संस्थाले रजत जयन्तीका अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । त्यसका लागि संस्थापक कार्यसमिति, पूर्व अध्यक्षहरु, जेष्ठ अटो व्यवसायी, अटो व्यवसायिका छोराछोरीले गरेको सफल र उल्लेखनीय कार्य डाक्टर, पाइलट सम्मान कार्यक्रम गर्ने भएको हो ।

त्यस्तै गरी एसईईमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट छात्र/छात्रालाई सम्मान गर्ने, अनुशासित अटो व्यवसायी सम्मान, उत्कृष्ट सरसफाई अटो व्यवसायी सम्मान, उत्कृष्ट रक्तदाता (अटो व्यवसायी सम्मान), अटो सिर्जनशीलता पत्रकारिता पुरस्कार, सेक्टर उपसमिति सम्मानलगायतका दर्जनौँ सम्मानहरु गर्ने निर्णय भएको महासचिव तुलसीराम न्यौपानेले बताए ।

२०५२ सालमा स्थापना भएको बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएसनले स्थापनाको २५ औं वर्षसम्म आईपुग्दा धेरै आरोह अवरोहहरु पार गर्दै संस्था मजबुत र बलियो हुर्दै व्यवसायीहरु संगठित भएर लागेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १० : ३५ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,