७ चैत्र २०८२, शनिबार | March 21, 2026

राजधानीमा पानी पर्दा वायु प्रदूषणमा सुधार तर अझै अस्वस्थकर



काठमाडौं । झन्डै १ साता धुवाँ र धुलोको तुवालोले ढाकिएको राजधानीले बुधबारको वर्षासँगै केही राहत पाएको छ । जनस्वास्थ्यका लागि ‘घातक’ मानिने स्तरमा उक्लेको प्रदूषणको पारो घटेको छ । तर पनि वायु प्रदूषण ‘अस्वस्थकर’ तहमै रहेको छ ।

राजधानीको भैंसेपाटीमा गत साता वायु प्रदूषण सूचकांक(अक्वा) ४ सय माथि उक्लेकोमा बिहीबार दिउँसो राजधानीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश वायु प्रदूषण मापक स्टेसनले काठमाडौंको वायुको गुणस्तर (एक्वा) १६०को हाराहारीमा झरेको देखाए ।

वायु प्रदूषणको मात्रा नाप्ने इन्डेकस (अक्वा) १५० अंकदेखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थमा पर्ने प्रभावका हिसाबले अस्वस्थकर मानिन्छ । एक्वा मापन गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड जस्ता प्रदूषणका कारक तत्वको मापन गरिन्छ ।

प्रदूषण मापन गर्दा प्रति घनमिटर वायुमा २.५ माक्रोमिटर तथा सो भन्दा सानो व्यास भएका सुक्ष्म कणलाई पिएम २.५ रूपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटरभन्दा व्यास भएका कणहरूलाई पीएम १० को रुपमा नापिन्छ । बुधबार साँझ परेको पानीले वायुमण्डलमा रहेका घातक प्रदूषणका कणहरूलाई केही हदसम्म सफा गरेका कारण राजधानीले तुलनात्मक हिसाबले राहत पाएको हो ।

बुधबार राजधानीमा ९.८ मिलिमिटर वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार तुवालोका कारण गत शुक्रबार वायुमण्डलको पारदर्शिता (भिजिविलिटी) को मात्रा १ किलोमिटर रहेकोमा बिहीबार बढेर ७ किलोमिटर पुगेको छ । कमजोर भिजिविलिटीका कारण आन्तरिक हवाई उडानसमेत प्रभावित भएका थिए ।

‘हावा चलेको छ , यो राम्रो हो तर यो स्थानीय वायुका कारणले गर्दा भएको हो । केही हदसम्म सक्रिय भए पनि हाल पश्चिमी वायु अत्यन्त कमजोर छ,’ उनले भने । अबका ३-४ दिनसम्म पश्चिमी वायु कमजोर नै रहने भएकाले वायुमण्डल पूर्णरूपमा सफा हुन कठिन हुने महाशाखाको अनुमान छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : ३७ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको