७ चैत्र २०८२, शनिबार | March 21, 2026

अमेरिकाले फिर्ता गर्‍यो नेपालबाट हराएका मूर्ति



काठमाडौं । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो ।

न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ ।

गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो । चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पूरा गरी आज ती मूर्ति नेपाललाई प्रदान गरिएको हो ।

हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ । त्यस अवसरमा अमेरिकी अधिकारीलाई खादा ओढाएर सम्मान पनि गरिएको महावाणिज्य दूतावासले जनाएको छ । हस्तान्तरण गरिएका ती मूर्ति यथाशक्य चाँडो नेपाल पठाइने जनाइएको छ । रासस

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ११ : २७ बजे

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको