१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

एमालेको नेपाल पक्षले छुट्टै संगठन विस्तार सुदृढीकरण अभियान थाल्ने



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले छुट्टै संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान संचालन गर्ने भएको छ । नेपाल पक्षले तयार पारेको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धी कार्यक्रमको भोलि (शनिबार) घोषणा गर्ने भएको छ । सो पक्षको आज बसेको स्थायी समितिको बैठकले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई तल्लोतह सम्मका कार्यकर्तामाझ लैजाने समेत निर्णय गरेको छ ।

नपाले पक्षको शुक्रबार बसेको बैठकले गत चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निर्णय कार्यान्वयन गर्दै ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई अगाडि बढाउने निर्णय गरेको हो ।

नेपाल पक्षका नेता योगेश भट्टराईका अनुसार राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’माथि भोलिको बैठकले अन्तिम रुप दिने र देशभर लैजाने निर्णय भएको छ ।

बैठक भोलि पनि बस्ने कार्यक्रम रहेको भट्टराईले बताए ।

आजको बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको छ । कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रही भएको निष्कर्ष बैठकले गरेको भट्टराईले जानकारी दिए

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भिम रावललाई सय अघि नै ६ महिना सदस्यबाट निलम्बन गरिसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ११ : ३६ बजे

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल