१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रुपन्देहीको नेपाल पक्षीय एमालेले भन्यो – ‘पार्टी बचाउन अध्यक्ष ओलीले राजीनामा दिनु पर्छ’



बुटवल। नेकपा एमाले नेपाल पक्ष रुपन्देहीले पार्टी एकता कायम गर्न र पार्टी जोगाउन अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने निष्कर्ष निकालेको छ । नेकपा एमालेको नेपाल पक्षीय रुपन्देही जिल्ला कमिटीको शनिबार बसेको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले अध्यक्ष ओलीलाई राजीनामा दिनका लागि पार्टी जिल्लको तर्फबाट केन्द्रीय कमिटिमा सुझाव पठाउने निर्णय समेत गरेको छ ।
बैठक पछि बैठकले गरेको निर्णय सार्वजनिक गर्दै नेपाल पक्षका एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्ष राजु गुरुङले २÷२ पटक प्रतिनिधिसभा बिघटन गरेको, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा राजिनामा दिन केन्द्रीय कमिटिलाई सुझाव दिने निर्णय गरिएको बताए । बैठकले पार्टी सदस्यता नविकरण र पार्टी सदस्य आवेदन भदौ मसान्त सम्म सम्पन्न गर्न मातहत कमिटिलाई निर्देशन गर्ने निर्णय भएको पनि गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार बैठकले जिल्ला कमिटीको केही पदाधिकारीहरुको मौजुदा जिम्मेवारी पनि हेरफेर गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य डा.बिजय पौडेलले अध्यक्ष ओलीकै कारण पार्टी एकता कायम हुन नसकेको बताए । उनले प्रतिनिधिसभा विघटन गर्नु र नेकपाभित्र विधि पद्धती मिचेर एकलौटी पार्टी चलाउन खोजेको आरोप लगाउँदै बैठकमा आत्मआलोचना गरेर गल्ती महसुस गर्न समेत ओली तयार नभएका कारण एकताको सम्भावना कमजोर हुँदै गएको बताए ।

एमाले रुपन्देहीका उपसचिव सिद्धिचरण भट्टराईले पार्टीमा सपथ खान बाँकी रहेका केही पदाधिकारीको सपथ ग्रहण गराईनुका साथै भदौ १५ भित्र पालिकास्तर जनवगीय संगठनको कमिटि निर्माण, भदौ मसान्त सम्म शाखा तहको कमिटि गठन र पुनर्गठन अघि बढाउने बढाउने निर्णय भएको जानकारी दिए । पार्टी एकताको आशामा थप गतिबिधि नगरिएको भन्दै भट्टराईले अध्यक्ष ओलीका कारण एकता प्रक्रिया अवरुद्ध भएपछि संगठन विस्तारलाई तिब्र पार्ने निर्णय भएको बताए ।

बैठकमा लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ति, केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराई , प्रदेश कमिटी सदस्य नन्दीकेशर ढकाल, नेताहरु छत्र ब खत्रि, डा.बालकृष्ण चापागाईको उपस्थिती थियो । एमालेको आन्तरिक विवाद चर्किएसँगै रुपन्देहीमा पनि एमाले नेपाल पक्षले समानान्तर कमिटी संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १० : ११ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान