६ बैशाख २०८३, आइतबार | April 19, 2026

लिग फुटसल छनौट चरणको फाईनलमा झरना र लुम्बिनी भिडदैं



बुटवल । रुपन्देहीमा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश छनौट चरणको खेलमा रुपन्देहीका झरना स्पोर्ट्स क्लब र लुम्बिनी फुटसल फाईनलमा प्रवेश गरेका छन ।

अखिल नेपाल फुटबल संघको आयोजनामा सनराईज स्पोर्ट्स भलबारीमा शुक्रबार भएको पहिलो सेमीफाईनल खेलमा झरनाले ईन्टर स्र्पोट्स क्लबलाई ६-३ गोल तथा लुम्बिनीले कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्लालाई ७-१ गोल अन्तरले पराजित गर्दै छनौट चरणको फाइनलमा प्रवेश गरेको हुन ।

पहिलो खेलमा झरनाका दिपेश गुरुङ म्यान अफ दी म्याच तथा दोस्रो खेलमा लुम्बिनीका रोजन दाहाल म्यान अफ दी म्याच घोषित भएका थिए । तिन वटा प्रदेशका ८ टिम बिच भएको छनौट खेलबाट हुने संयोजक बिनोद गुरुङले बताए ।

प्रतियोगिताको विजेता एक टिम उत्कृष्ट १० ए डिभिजनमा छनौट हुनेछ । रुपन्देहीमा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भुमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देही बिच छनौट हुने उनले बताए ।

देशभरका सात प्रदेशबाट छनौट भएका अन्तिम १० टिमले जनही १ लाख क्लब ब्यवस्थापन र यातायात खर्च पाउने उनले बताए । लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोलि चयन हुनेछ ।

काठमाडौंमा हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : ४३ बजे

रास्वपाको सचिवालय बैठक आज, महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांगठनिक तथा संरचनागत सुधारका

आजको मौसम : आंशिक बदलीसँगै केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको