१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पत्रकार महासंघ रुपन्देहीको निर्वाचन : प्रेस चौतारीको नेतृत्वमा चार संगठनबीच गठबन्धन



बुटवल । नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारी नेपाल रुपन्देहीको नेतृत्वमा जिल्लामा चारवटा संगठनबीच गठबन्धन गर्ने सहमति भएको छ ।

शुक्रबार चारवटा संगठनबीच भएको बैठकबाट संयुक्त रुपमा उम्मेदवार तय गरी चुनावमा जाने सैद्धान्तिक सहमति भएको हो ।

महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रगतिशील, समावेशी र राष्टियताप्रति प्रतिवद्ध व्यावसायिक पत्रकारहरुको रुपन्देही जिल्ला प्यानल निर्माण गरी अघि बढ्ने सहमति भएको चारवटा संगठनद्वारा हस्ताक्षरित सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्रमा प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस मञ्च नेपालका केन्द्रीय सचिव टिआर शर्मा, जनपत्रकार संगठनका सदस्य खोमा तरामु र संघीय पत्रकार परिषदका लुम्बिनी प्रदेश संयोजक सनु थापाले हस्ताक्षर गरेका छन् ।

चारवटा संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : ५२ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।