४ आश्विन २०८३, आइतबार | September 20, 2026

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने



काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (असोज ४ गते) पनि देशका विभिन्न स्थानमा वडा अधिवेशन सम्पन्न भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म हुने १५ औँ केन्द्रीय महाधिवेशनका लागि असोज ३ गतेदेखि वडा अधिवेशन प्रक्रिया सुरु भएको हो।

केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो दिनसम्म देशका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन पश्चात् निर्वाचन सम्पन्न भई वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

अधिवेशन प्रारम्भ भएका ७३ जिल्लाहरूमा हिमाली, पहाडी तथा तराई(मधेसका अधिकांश भूभाग समेटिएका छन्। केही जिल्लाका सीमित निर्वाचन क्षेत्रबाहेक देशभरका वडाहरूमा नेतृत्व चयन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा भइरहेको पार्टीले जनाएको छ।

यसैबीच, केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाका साथै सप्तरी (क्षेत्र नं. २ र ४), सिरहा, मोरङ (क्षेत्र नं. ६), रौतहट (क्षेत्र नं. १), सर्लाही (क्षेत्र नं. २), परासी (क्षेत्र नं. २) र अघिल्ला दिनहरूमा सम्पन्न हुन बाँकी रहेका सम्पूर्ण वडाहरूमा असोज ५ गते सोमबार पनि वडा अधिवेशन निरन्तर जारी रहनेछ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण सरोकारवालाहरूलाई बाँकी रहेका वडाहरूमा तोकिएको तालिकाअनुसार नै अधिवेशन प्रक्रिया अघि बढ्ने जानकारी दिइएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ९ : १७ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै