२९ मंसिर २०८२, सोमबार | December 16, 2025

नेकपा एमाले नेपाल पक्षले आज छुट्टै संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणा गर्दै



काठमाडौं । नेकपा एमाले नेपाल पक्षले आज छुट्टै संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणा गर्दैछ ।

अभियानको तयारी तथा कार्ययोजना बनाउन नेपाल पक्षको स्थायी समितिको बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने बताईएको छ ।

नेपाल पक्षले चैत्र ४ र ५ गते ललितपुरमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा आएको सुझावहरुलाई समेटेर बैठकले कार्यक्रम तय गर्ने नेपाल पक्षका नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।

नेपालपक्षले राष्ट्रियभेला यता देशब्यापी समानान्तर गतिविधि संचालन गर्दै आएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, उपमासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : ५० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको